ओलीको कदमलाई अदालतले सदर नगरे देश संकटकाल र गृहयुद्धमा जाने : डा. सुरेन्द्र केसी
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सर्वोच्च अदालतले संसद बिघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सदर नगरे देश संकटकालमा जाने र गृहयुद्धमा जाने बताए । उनले देशलाई झन् खतरनाक भड्कालोमा हाल्ने गतिविधिहरु भइरहेको बताए । उनले भने,‘सर्वोच्च अदालतले संसद बिघटनलाई सदर गरेन भने देश संकटकालमा जान्छ र तयसपछि गृहयुद्ध हुन्छ ।’
नेताहरुले यो खतराको बेवास्ता गरेको बताए । डा. सुरेन्द्र केसीले देशमा अहिलेको नेताहरु असफल भइसकेकाले नयाँ विचार र नयाँ अनुहार आउनुपर्ने बताए । ओली र प्रचण्डको मिलन हुँनु नै अन्त हुनु हो भने । केसीले भने,‘अब नेकपा एक हुनै सक्देन ।’ देशमा ओली र प्रचण्ड दुवैले पार्टी हाँक्न खोज्दा संकट आएको बताए । प्रधानमन्त्रीको सिफारिशलाई अदालतले कसरी हेर्छ ? बामदेवको पक्षमा फैसला गरेको स्मरण गराउँदै अदालतले यही शैलीमा बढे सिफारिशलाई सदर गर्ने बताए । प्रधानमन्त्रीको सिफारिश बदरभागी छ भन्दै बामदेवको प्रकरण हेर्दा बदरभागी नहुने बताए ।
ओलीको कदम असंवैधानिक भएपनि विगतमा बामदेव गौतम प्रकरणमा अदालतले उनको पक्षमा गरेको फैसला अनुसार बढेमा संसद बिघटनलाई सदर गर्ने विश्लेषण गरे । देशमा लोकतन्त्र नभई लुटतन्त्र मच्चिइरहेको तर्क गरे । अहिलेको विकसित घटनाक्रमले देशलाई सिध्याउन चाहनेलाई फाइदा पुगेको बताए । उनले भने,‘देशमा गम्भीर संकट बढ्दैछ, जनता तत्काल जाग्नुपर्छ र यी नेताहरुलाई दण्डित गर्नुपर्छ ।’ देश सिक्किमिकरणतर्फ बढेको भन्दै देश नै रहने हो होइन भन्ने अवस्था सृजना भएको बताए । डा. केसीले भने,‘अब यो देश रहने छैन, रह्यो भने पनि धान्न सक्नेछैनौं ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुरेन्द्र केसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्