Techie IT
बिहीबार, फागुन १,२०८१

बसुन्धाराको साउथवेस्टन स्कुललाई तेस्रो अन्तराष्ट्रिय अवार्ड’


काठमाण्डौँको बसुन्धारामा अवस्थित साउथवेस्टन स्कुलले अर्को अन्तराष्ट्रिय स्तरको स्कुल अवार्ड जितेको छ । ‘प्रतिष्ठित अन्तराष्ट्रिय विद्यालय’विधाअन्तर्गतको उत्कृष्ट अन्तराष्ट्रिय अवार्ड स्कुललेप्राप्त गरेको हो । ‘शिक्षामा उत्कृष्टताका लागिअन्तराष्ट्रिय केन्द’  र ‘कला, संस्कृति र शिक्षाको स्थिरताको लागि समाज’को संयुक्त आयोजनामा भारतको नयाँ दिल्लीबाट भचुअलरुपमा सञ्चालित ‘अन्तराष्ट्रिय शिक्षाशिखर सम्मेलन र पुरस्कार’ कार्यक्रममा उक्त अवार्ड घोषणा गरिएको थियो ।

उक्त ‘अन्तराष्ट्रिय शिक्षाशिखर सम्मेलन र पुरस्कार’ कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, नाइजेरिया, मलेसिया, इन्डोनेसिया, साउदी अरेयिबा, मेक्सिको, थाइल्यान्ड लगायत५० भन्दा बढी देशका २५० भन्दा बढी संस्था तथा व्यक्तिहरूको सहभागिता रहेको थियो । ‘पोस्ट कोभिड परिदृष्यमा जीवन र आजीविकाको लागि समग्र शिक्षा – अगाडिको बाटो’ विषय बस्तुमाआयोजित उक्त सम्मेलनमा ‘योग्य सम्पन्न शैक्षिक संस्थाहरूका लागि विशिष्ट पुरस्कार’ भन्ने नाराका साथ विभिन्न विधाका पुरस्कारहरू वितरण गरिएको थियो ।उक्त भर्चुअल कार्यक्रममा साउथवेस्टन स्कुलको तर्फबाट स्कुलका प्रिन्सिपल रमेश अधिकारी सहभागी भएका थिए ।

एक बर्षको अवधिमा विद्यालयले प्राप्त गरेको यो तेस्रो अन्तराष्ट्रिय अवार्ड हो । यस अघि विद्यालयले २०१९ डिसेम्बरमा दुबईको अमिट युनिभर्सिटी द्वारा दुबईमा आयोजित एक कार्यक्रममाअन्तराष्टिय स्कुल अवार्डअन्तर्गत साउथवेस्टन स्कुलले एक्सिलेन्स टिचिङ अवार्ड प्राप्त गरेको थियो । त्यस्तै ‘ग्लोबल स्कुल अवार्ड’ र ‘इडु नेसन टिभी’द्वारा १२ अक्टोबर २०२० मा आयोजित एसियाको पहिलो भर्चुअल अन्तराष्ट्रिय सभामा साउथवेस्टन स्कुलका प्रिन्सिपल रमेश अधिकारीले ‘ग्लोबल स्कुल अवार्ड’ अन्तर्गत ‘बेस्ट प्रिन्सिपल २०२०’ प्राप्त गर्नु भएको थियो ।

कोभिड १९ को असरले विद्यालयहरू बन्द रहेको अवस्थामा स्कुलले गरेको शैक्षिक गतिविधि समेतलाई आधार बनाई उक्त अवार्ड साउथवेस्टन स्कुललाई प्रदान गरिएको हो । स्कुलले भचुअल शिक्षण प्रक्रियामा अपनाएका शिक्षण पद्धतिहरू, परियोजना मूलककार्य, श्रव्यदृष्य कक्षा, मौखिक तथा लिखित नियमित मूल्याङकन पद्धति, विद्यालयको भौतिक पूर्वाधार, विद्यालयका उपलब्धि आदिलाई मूल्यङ्कनको आधार बनाइएको थियो । स्कुलले एक पछि अर्को अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेकोले स्कुल अन्तराष्ट्रिय  स्तरको गुणस्तरीय शिक्षा दिन सफल रहेको पुष्टि भएको कुरा स्कुल सञ्चालन समितिका अध्यक्ष टीकाराम महराले बताए ।

शिक्षा क्षेत्रमा लामो समयदेखि आवद्ध व्यक्तिहरूबाट सञ्चालित साउथवेस्टनले पी. जी. (प्ले ग्रुप) देखि पी. एच. डी. सम्मको शिक्षा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #साउथवेस्टन स्कुल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
11°
Fair
6:41 am5:54 pm +0545