Techie IT
शुक्रबार, फागुन २,२०८१

टोखामा कोरोना भाइरस संक्रमित सख्या बढेर ३५४२ जना पुग्यो


नविना श्रेष्ठ

टोखा नगरपालिकामा कोभिड-१९ कोरोना भाइरस संक्रमित सख्या बढेर ३५४२ जना पुगेकाे छ। संक्रमित महिला सख्या १५५१ जना रहेको र पुरूष संख्या १९९१ जना रहेका छन्। हाल सम्म सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा ८० जना रहेको र अस्पतालमा २ जना मात्र रहेका छन्।

सम्पर्क विहिन ७ जना रहेका छन्। पौष ४ गते सम्मको टोखा नगरपालिकाको तथ्याङ्क अनुसार सक्रिय संक्रमित संख्या ८९ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्। कोभिड-१९ कोरोना भाइरस संक्रमण वाट निको हुनेको संख्या ३४४४ जना रहेको र मृत्यु हुनेको संख्या ९ जना रहेको टोखा नगर विवरणले जनाएको छ।

हाल सम्म कुल PCR परिक्षण गरिसकेका हरूको संख्या ६६६५ जना रहेको र कुल सम्पर्कमा परिक्षण गरेका संख्या भने ४०१० जना रहेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:40 am5:55 pm +0545