Techie IT
बुधबार, चैत्र ५,२०८१

जिल्ला कारागार संखुवासभामा निशूल्क आँखा सिविर सम्पन्न


मंसिर ३० खाँदबारी । जिल्ला कारागार संखुवासभामा १ दिने निशूल्क आँखा सिविर आज सम्पन्न भएको छ । सदरमुकाम खाँदबारीमा रहेको तेजरत्न आँखा तथा कान उपचार केन्द्रद्धारा आयोजित सिविरमा ७६ जना कैदीहरुले सेवा लिएका छन् । ५० जनालाई निशूल्क चश्मा वितरण गरिएको छ भने  २ जना आँखाका बिरामीको सल्यक्रिया गर्नु पर्ने तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीका इन्चार्ज क्षितिज बरालले जानकारी दिनुभयो ।

उक्त शिविरमा हेल्पिङ हेन्ड्स नेपालको सहयोगमा निशूल्क चश्मा वितरण गरिएको जिल्ला कारागार खाँदबारीका जेलर बिनोद अधिकारीले बताउनुभयो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #आँखा शिबिर, #संखुवासभा जिल्ला कारागार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Haze
6:07 am6:15 pm +0545