Techie IT
मंगलबार, वैशाख ४,२०८१

तारकेश्वर नगरपालिका भित्रको विद्यालय आइतबारदेखि खुल्ने


काठमाडौं ।  तारकेश्वर नगरपालिका भित्रको विद्यालय आइतबारदेखि खुल्ने भएको छ। कोभिड–१९ संक्रमणको जोखिमका कारण आठ महिनादेखि बन्द विद्यालय खुल्न लागेका हुन् ।

सरकारले तयार गरेको विद्यालय सञ्चालनको कार्य ढाँचा २०७७ अनुसार स्थानिय तहको अनुमतिमा विद्यालयहरु खुल्न लागेका हुन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर कक्षा ८ भन्दामाथिको कक्षाहरु सञ्चालन गर्न अनुमति दिएको हो । विद्यालय सञ्चालन विहान र दिउँसो दुईसिफ्टमा हप्ताको ३ दिन आलोपालो गरि सञ्चालन गर्न पाइनेछ ।

जनस्वास्थ्य एवम सुरक्षा सम्बन्धी मापदण्ड तथा निर्देशनको परिधिभित्र रही विद्यालयहरुले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा संचालन गर्न सक्ने गरि निजी तथा आवसीय विद्यालय संगठन प्याप्सन र एनप्याप्सलले अनुमति दिएको अनुसार कक्षा सञ्चालन गर्न लागेको शनिवार एञ्जेल हार्ट स्कूलमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका भित्रको विद्यालय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
18°
Fair
5:36 am6:29 pm +0545