Techie IT
बिहीबार, जेठ १०,२०८१

सामाखुशीबाट ११ ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ


काठमाडौंको सामाखुशीबाट ११ ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँ तालघरे स्थायी घर भई हाल सामाखुशी बस्ने ३० वर्षीय प्रवीण कैनी, गोरखा भिमसेनथापा गाउँपालिका घर भई हालस म्हेपी बस्ने ३३ वर्षीय इशान थापा, गोरखा मकैसिं घर भई हाल पवित्रनगर बस्ने खिलबहादुर अधिकारी र गोरखा घर भई हाल बनस्थली बस्ने ३० वर्षीय राजु ढकाल रहेका छन।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको एक टोलीले सामाखुशीबाट तनहुँ र गोरखा घर भई हाल राजधानी बस्ने चारजनालाई उक्त परिमाणको ब्राउन सुगर, तौल लिने मेसिन र नगदसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ४३ हजार नगद पनि बरामद गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जनाएका छन  ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #ब्राउन सुगरसहित चार जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
22°
Fair
5:10 am6:50 pm +0545