तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या २००० नाघ्यो
काठमाडौं । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या २००३ पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाले दिएको जानकारीअनुसार ८२५ महिला र ११७८ पुरुष रहेका छन् ।
वडा नं. ८ मा २६३ जनामा कोरोना संक्रमण देखिएको छ भने २१७ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा २६७ जना र निको हुनेको संख्या २३९ पुगेको छ । वडा नं. १० मा ३१० जना जसमा २७७ जना निको भएका छन् । वडा नं. ११ मा ३४० जना ३०६ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा ३ महिला र ६ पुरुष गरी ९ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या ३० जना पुगेको छ निको हुनेको संख्या २९ जना, वडा नं. २ मा ९४ जनामा ७७ जना निको भइसकेका छन् । वडा नं. ३ मा ४७ जना जसमा ४१ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ। वडा नं. ४ मा १९७ जना जसमा १८१ जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा १६० जना जसमा १३७ जना निको भएका छन् । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ६ मा १८५ जनामा कोरोना संक्रमण देखिएको छ भने १६० जनाको निको भएको छ । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ७ मा ११० जनामा कोरोना संक्रमण देखिएको छ जसमा ८९ जना निको भएका छन् ।
होटल आइसोलेसनमा १ जना र १ जना अफिस आइसोलेसनमा रहेका छन् । तारकेश्वरमा कन्ट्याक ट्रेसिङबाट ६६८ जनामा पिसिआर पोजेटिभ देखिएको थियो ।
तारकेश्वर नगरपालिकाले अहिलेसम्म ३२६६ जनाको पिसिआर परिक्षण गरेको छ । तारकेश्वर नगरपालिकामा २२३ जना होम आइसोलेसनमा बसेका छन् । अस्पतालको आइसोलेसनमा १३ जना रहेका छन् । कोभिड सेन्टरमा ६ जना रहेका छन् ।
निको हुनेहरुको संख्या ७३२ महिला र १०२१ पुरुष गरी १७५३ जना रहेका छन् । अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला ९१ र पुरुष १५३ जना गरी २४४ जना पुगेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिकामा कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्