Techie IT
शुक्रबार, माघ ११,२०८१

भरतपुर कारागारबाटै कैदी फरार


चितवन । चितवनको भरतपुर कारागारबाट बिहीबार साँझ एक जना कैदी फरार भएका छन् । जवरजस्ती करणीको मुद्दामा गत साउन २० गते पक्राउ परेर कैद भुक्तान गरिरहेका पुर्वी चितवनको कालिका नगरपालिका निवासी बर्ष ४५ को रेशमलाल श्रेष्ठ फरार भएको हो । श्रेष्ठ आज साँझ सवा पाँच बजेदेखी जिल्ला कारागार भरतपुर परिसर भित्रैबाट फरार भएका हुन् ।

 

हेर्नुहोस : चितवन प्रहरीले तालुक कार्यालयलाइ पठाइएको जानकारी 

दैनिकरुपमा चौरबाट कारागारभित्र कैदीबन्दी संख्या गन्ती गरी भित्र प्रबेश गराउने क्रम्मा कैदी फरार भएको कारागार प्रशासनले जनाएको छ । कैदी फरार भएसंगै अहिले चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङ र डिएसपी सुर्य बहादुर थापा स्वयं फिल्डमा खटिएका छन् । एसपी गुरुङ आफैं फिल्ड खटिएको र उनको खोजीकार्यलाइ समेत तीब्रता दिइएको चितवन प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545