Techie IT
सोमबार, माघ २८,२०८१

चितवन प्रहरीद्वारा ५० बिघामा लगाइएको गाँजा खेती नष्ट


चितवन । चितवन प्रहरीले अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गरिएको छ । पुर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ स्थित डिटार, गाल्चन भन्ज्याङ्ग, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्किडाँडा, वडा नम्बर १२ स्थित कोधानवाङ गैरी, यौरेलीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नंम्बर १३ स्थित कालिटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोला लगायतका विभिन्न स्थानहरुमा लगाएको अवैध गाँजा खेती नष्ट गरेको हो ।

चितवनको प्रहरी प्रमुखको नेतृत्व सम्हालेयता हिजो मंगलबार पहिलोपटक एसपी नान्तीराज गुरुङले ५० विघामा लगाएको अन्दाजी ३६ लाख बराबरको गाँजाका बोटविरुवा नष्ट गर्न सफल भएका छन् । नेपाल प्रहरीका तर्फबाट दुई जना प्रहरी सहित ५० जना र सशस्त्र प्रहरीका तर्फबाट एक प्रहरी निरिक्षक सहित २१ जनाको संयुक्त टोलीले दुई दिन लगाइ गाँजाको वोटबिरुवाहरु फँडानी तथा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता (डिएसपी) सुर्य बहादुर थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार वडाका ती बस्तीहरुमा स्थानीयहरुसंग यसबाट समाज र मानव स्वास्थ्यमा पर्ने नकारात्मक असर, कानुनी परिणामबारे अन्तरक्रिया गरी सचेत गराइएकाे बताए । लागु पदार्थ उत्पादन, बेचबिखन र ओसारपसारले समाजलाइ नकरात्मक दिशातर्फ लैजाने र यस्को सेवन गर्नु, गराउनु दुवै दण्डनीय रहेकोले कहि कतै यस्तो गतिविधी भएको पाइए तत्काललै नजीकैको प्रहरी कार्यालयलाइ सुचना दिएर सहयोग गर्न समेत चितवन प्रहरीले सबैमा अपिल गरेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Mist
6:43 am5:52 pm +0545