९७ लाख रुपैयाँँ नगद चोरी गर्ने एक जना पक्राउ
चितवन । नगद चोरी गर्ने एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङ्गका अनुसार भरतपुर महानगरपालिका ९ काँडाघारीमा रहेको एपोलो पेन्टसको कार्यालय भवनको कोठाभित्र रहेको सेफ (लकर) फुटाई ९७ लाख रुपैयाँ चोरी गर्ने कालिका नगरपालिका वर्डा नंम्बर ६ बस्ने वर्ष ४० का कविराज थापालाइ प्रहरीले पक्राउ गरेको हो ।

उनलाइ अस्थायी प्रहरी पोस्ट गोन्द्राङ र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलिले पक्राउ गरेको हो । पक्राउ परेका थापाले आफ्नु कोठाको खाटमुनी झोलाभित्र लुकाइ राखेको ५७ लाख र सोही घरको पर्खाल नजिकै झाडीको प्लाष्टिक बोरा भित्र लुकाएको ४० लाख समेत गरेर ९७ लाख रुपैयाँ समेत प्रहरीले फेला पारेको छ ।

उनको साथबाट हेक्सा ब्लेड, फ्रेम सहित १ थान, फलामको रडबाट बनेको खुर्पी २ थान, पहेंलो / निलो रंगको झोला १ थान सामान समेत बरामद गरेको प्रहरीले जनाएको छ । उनी सोही कार्यालयको सेक्युरिटी गार्डमा कायारर्त रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । पक्राउ परेकामाथि थप चितवन जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीको भनाई छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्