Techie IT
बिहीबार, फागुन १,२०८१

चितवन प्रहरीको एक्सन : कौडा खेल्ने २४ जना पक्राउ


चितवन । चितवन प्रहरीले कौडा खेल्ने २४ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका ५ कैलाशनगर बस्ने ४२ वर्षीया सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरुलाई नगद पाँच लाख १७ हजार १७५ रुपैयाँ सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वर्डा नम्बर ५ वस्ने वर्ष ४२ को सुनिल कुमार क्षेत्री, वर्ष २८ को सन्तोष थापा, वर्ष २१ को सन्जय घले, वर्ष २८ को सन्तोष प्याकुरेल, बर्ष ३५ को कमल तामाङ, सरोज अधिकारी, बर्ष ४४ को बिकास अधिकारी, बर्ष ४३ को लेख बहादुर गुरुङ, बर्ष ४० को पुर्ण बहादुर गुरुङ, बर्ष ४० को राज कुमार गुरुङ, बर्ष ५० को कृष्ण बहादुर गुरुङ, बर्ष ३८ को प्रदिप सोडारी, बर्ष ३८ को राज कुमार श्रेष्ठ, बर्ष ४१ को भुपेन्द्र श्रेष्ठ, बर्ष ५० को नन्द बहादुर गुरुङ, बर्ष ४१को योगेश्वर गौतम, बर्ष ४४ को तिलक नारायण श्रेष्ठ, बर्ष १८ को मनोज गौतम, बर्ष १८ को सन्तोष श्रेष्ठ, बर्ष ४७ को निलकण्ठ खरेल, बर्ष ४२ को योगेन्द्र मल्ल, बर्ष २८ को प्रजित ठकुरी, बर्ष २७ को बिकास मानन्धर, बर्ष २१ को उमेश सुनार रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नगद ५ लाख १७ हजार १७५ रुपैंयाँ र १६ थान कौडा समेत बरामद गरेको जनाएको छ । पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत कारवाही गरिने चितवनका प्रहरी प्रमुख (एसपी) नान्तिराज गुरुङले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Fair
6:41 am5:54 pm +0545