सम्बन्ध सुधारका लागि भारतीय विदेश सचिव नेपाल आउने
कात्तिक । नेपालसँग सम्बन्ध सुधारका लागि भारतीय विदेश सचिव हर्षबर्द्धन सिङ्ग्रला मंसिर दोस्रो साता नेपाल आउने भएका छन् ।
कात्तिक १९ देखि दुई दिनसम्म भएको भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपालभ्रमण लगत्तै सिङ्ग्रला नेपाल आउने भएका हुन् ।
पछिल्लो समय भारत नेपालसँग सम्बन्ध सुधारका लागि अग्रसर देखिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर भारतले नक्सा जारी गरेसँगै नेपालसँग बिग्रेको सम्बन्ध सुधार गर्ने पक्षमा देखिएको छ ।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार केही समयदेखि बिग्रिएको नेपाल भारत सम्बन्ध सुमधुर बनाउन सिङ्ग्रलाको भ्रमण तय भएको हो । विदेश सचिव पठाउने निर्णय सेना प्रमुख जनरल एमएम नारावनेलाई नेपाली सेनाको मानद पदका सम्मानित भएको केही दिन पछि आएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #भारतीय विदेश सचिव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्