हाय तिमी पुरुष !!
हाय तिमी पुरुष!!
आफूलाई कति संस्कारी देख्छौ
नारीले धोती चोलीबाट पाइन्ट र मिनिस्कटमा,
आफूलाई रुपान्तरण गरिरहँदा ,
लाग्यो तिमीलाई नारीले अस्मिता गुमाए,
गुमाए रिति परम्परा,
भित्र्याइ दिए तिम्रो समाजमा अराजकता
बाँकी राखेनन् इज्जतका कुनै खोल
आफूमा यही पहिरनको पछि लागेर तिम्रा पौरुषत्वले कति लेखे गीत,
कति गाइए गजल,
हास्यव्यङ्ग्यमा छायो यसकै चर्चा,
हाँसोले गुञ्जियो कति सभा र हल गड्गडाएर बजाइयो तिम्रो व्यंग्यमा ताली
नारीको पहिरनमा प्राहार हुने तिम्रो महान पुरुषत्वलाई सोध्न मन छ,
कता हरायो तिम्रो शरीर ढाक्ने कपडा भित्रको मानवता?
के हो पुरुष र पुरुसार्थकताको अर्थ?
आमा र बा भन्दा अर्को मान्छे देख्दा
आमाको धोती लुक्न जाने अबोध बालिकामा यौनको प्यास मेट्न खोज्ने
तिम्रो मर्दाङ्गीपनमा,
उचाइ लिलिपुटका मान्छेको भन्दा कद होचो भएको महसुस भएन तिमीलाई?
साँच्चै तिमीलाई चिच्याइ चिच्याइ सोध्न मन छ,
तिमी पुरुष, पुरुषत्व, मर्दाङ्गीपना र पितृसत्ता को आडमा,
स्वतन्त्रता भनेको नारीमा गरिने यौन अत्याचार, शोषण,
दमन र अबोध को हत्या मात्रै देख्यौ? के तिम्रो पुरुषत्वले ,
सतिदेवी माथि शिवको त्याग,
बुद्धको राजश्री त्याग, ऋषिमुनीले गरेको सदियौको कठोर त्याग तपस्या आदि भुलेकै हो त?
साँच्चै तिमी दानवतमा परिणत भएकै हौ त?
मात्रै आफ्नो यौन प्यास मेट्नकोलागि बाबुले छोरी चिन्नै छाड्यौ?
दाजुले बहिनी नाता भुलेकै हौ त?
काका र भतिजीको रगत एउटै हैन र? हजुरबाले नातिनी बिर्सिएकै हौ त?
साथीले -साथ , आफन्तले, आत्मीयता छिमेकीले भ्रातृत्व अनि सम्बन्धीहरूको सामाजिक सम्बन्धको गहिराई काकी, हजुरआमा,
आदि आदि सम्बन्धको अस्तित्व अब सकिएकै हो त?
सबै सबै भुलिसकेकै हो त?
सभ्यताको यो बिन्दुमा,
के पुरुष फेरि जङ्गली अवतारमा आइसकेको हो त!!
क्याटेगोरी : समाचार
ट्याग : #Binaya Dhakal, #पुरुष फेरि जङ्गली अवतारमा आइसकेको हो त!!, #हाय तिमी पुरुष !!
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्