Techie IT
शुक्रबार, माघ ११,२०८१

प्रहरीलाई अभद्र व्यवहार गर्ने चार जना पक्राउ


चितवन । सवारी चेकजाँचमा खटिएका प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा चितवन प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

गत, कार्तिक २२ गते राती १० बजे भरतपुर महानगरपालिका वर्डा नम्बर ०७ टाईगरचोकस्थित सडक खण्डमा बा. ७. च. ९६४९ नम्वरको कार रोकी सोधपुछ गर्ने क्रम्मा प्रहरीलाई गालीगलौज तथा हातपात गर्ने माडी नगरपालिका वडा नम्वर ५ घर भई हाल भरतपुर महानगरपालिका ११ बस्ने बर्ष २६ को अर्जुन लामिछाने, बर्ष ३९ को कृष्ण प्रसाद पौडेल, खैरहनी नगरपालिका वडा नम्वर १२ बस्ने बर्ष २७ की प्रमिला थपलिया र राप्ती नगरपालिका वडा नम्वर ४ भण्डारा बस्ने बर्ष २२ की रिया घर्तीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुमाथि कर्तब्य पालनमा अवरोध सृजना गरेको र प्रहरीलाई आर्थिक प्रलोभनमा समेत पार्न खोजिएकोले नियन्त्रणमा लिनु परेको चितवन प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545