माडी प्रहरीद्वारा घरायसी हतियार सहित दुई जना पक्राउ
चितवन । माडी प्रहरीले घरायसी हतियार सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा माडी बस्ने अन्दाजी बर्ष १७ का एन्जल गुरुङ र सुपिन पन्त रहेका छन् । माडी नगरपालिका ७ बसन्तपुर बस्ने बर्ष २७ का बिरेन्द्र शाहलाई मापसे खाएर हातपात एवं दुब्यवहार गरेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट हसियाँ र खुकुरी जस्ता घरायसी हतियार समेत नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक झलक शर्माले उनीहरुलाई पक्राउ गरिएको स्वीकार गरे । उनले माडी नगरपालिका ७, कीर्तनपुर बजारमा डुकेर स्थानीय युवालाई हातपात एवं दुब्यवहार गरेको भन्ने सुचनाको आधारमा प्रहरीको टोलि घट्नास्थल पुगेको थियो । पक्राउ परेका युवकद्वयमाथी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्