माडीका प्रहरी प्रमुख झलकको एक्सन : ५७ हजार रुपैयाँँ नगद सहित ७ जना जुवाडे पक्राउ
चितवन । माडी प्रहरीले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले हिजो (बिहिबार) दिउँसो साँढे १२ बजे माडी नगरपालिका ३ ईनारबरुवा गाउँबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुको साथबाट प्रहरीले ५७ हजार ७७५ रुपैयाँ नगद समेत बरामद गरेको छ । स्रोतका अनुसार पक्राउ परेकाहरु सबै माडी नगरपालिकाका स्थानीय पुरुषहरु हुन् । उनीहरुलाई आवश्यक कार्वाहीका लागी माडी प्रहरीले आज बिहान ७:३० बजे जिल्ला प्रहरी कार्यालयमा ल्याईएको छ । पक्राउ परेकाहरुमाथि प्रचलित कानुनी व्यवस्था अनुसार कारवाही सुरु भइसकेको स्रोतले जनाएको छ ।
यसअघि पनि माडी प्रहरीले यहाँको विभिन्न स्थानहरुबाट जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न झन्डै १२ जना जुवाडेहरुलाई पक्राउ गरि कारवाही प्रक्रियालाइ अगाडि बढाएको थियो । यता, चितवन प्रहरीले समेत चाडपर्वको नाउँमा लुकिछिपी जुवातास, खडखडे (लङ्गुर बुर्जा), कौडा खेल्ने/ खेलाउने कार्य नगर्न साथै, यस्तो कहिं कतै भएको पाइए तत्कालै नजीकैको प्रहरीलाई सुचना दिएर जानकारी गराउन समेत अपिल गर्दै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : ##चितवन #माडी #जुवा #झलकशर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्