तारकेश्वर नगरपालिकाले निशुल्क कोरोना बिरमीको उपचार गर्नुपर्छ : सांसद भिमसेन दास

तारकेश्वर काठमाडौ । नेपाली कांग्रेसका नेता एवं सांसद भिमसेनदास प्रधानले कोरोनाका बिरामीहरुको उपचार निशुल्क गर्नेपर्ने बताएका छन ।
बुधबार तारकेश्वर पत्रकार मंचले आयोजना गरेको दशैं तिहारको शुभकामना आदन प्रदान एवं बिकाश बहस कार्यक्रमको प्रमुख अतिथिका रुपमा बोल्दै सांसद प्रधानले नागरिकको स्वास्थमा सचेत रहन तारकेश्वर नगरप्रशासनलाई आग्रह गरेका छन ।
संबिधानले प्रदान गरेको मैलिक हक अन्र्तगत नागरीकको स्वास्थप्रति संघिय सरकार जिम्मेवार नदेखीय पनि स्थानिय सरकारले यसको अगुवाई गर्नुपर्नेमा प्रधानले जोड दिएका छन ।
केहि दिन अघि सरकाले निशुल्क कोभीडको उपचार नगर्ने निर्णयको चौतर्फी बिरोध भैरहेको बेला कर्णाली प्रदेश सरकारले निशुल्क कोरोना उपचार गर्ने घोषणा संगै स्थानीय सरकारबाट तारकेश्वर नगरपालिकाले शुरुवात गर्नेपर्ने उनको भनाई छ ।
अन्य अस्पाताहरु ब्यापारीक केन्द्र भएको र अहिलेको प्राथमिकता भनेको नागरीकको स्वास्थनै हो , जनभावना अनुसार काम नगरे यो ब्यवस्था असफल हुन सक्ने उनको भनाई छ ।
कार्यक्रममा तारकेश्वर नगरपालीकाकी उपमेयर भवानी डोटेल , प्रा.डा प्रदीप चन्द्र गौतम , वडा अध्यक्षहरु , हाँस्यकलाकार ईन्द्र दोङ्ग लामा खम्बे , किशान अभियान्ता उद्धव अधिकारी , नेपाल पत्रकार महासंघ काठमाडौका अध्यक्ष शान्तराम बिडारी ,बरिष्ठ संचारकर्मी श्रीराम पुडासैनी , श्रीराम के.सी , महेशजंग कुवँर, लगागत शिक्षक , बुद्धीजिविहरुको उपस्थीती रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #भिमसेन दास
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्