नेकपाका सांसदले दशैं भत्ता प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने
काठमाडौं, ३ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले यो वर्षको दशैं भत्ता नलिने भएका छन् ।
कोरोना महामारीका कारण सर्वसाधरण नागरिकको जनजीवन कष्टकर बनिरहेकाले सो भत्ता नलिने निर्णयमा पुगेको बतायएको छ । उक्त भत्ताबापतको रकम उनीहरुले एकमुष्ट रुपमा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गर्न लागेका छन् ।
संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट केहीबेरमा वक्तव्य जारी गर्ने तयारी समेत भइरहेको बताइएको छ ।
यसअघि व्यक्तिगत रुपमा सत्तारुढ र प्रतिपक्ष दलका केही सांसदहरुले उक्त भत्ता फिर्ता गर्ने निर्णय गरिसकेका छन् भने सांसदहरुलाई भत्ता वितरणबारे चौतर्फी आलोचना भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपाका सांसद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्