Techie IT
बिहीबार, माघ १०,२०८१

नेकपा कर्णाली विवाद : ओली–प्रचण्ड निष्कर्षबिहीन


काठमाडौं, २ कात्तिक । कर्णाली प्रदेशमा देखिएको पार्टी विवाद मिलाउन छलफलमा जुटेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निष्कर्षविहीन भएका छन् ।

कर्णालीका नेताहरुसँग बिहीबार, शुक्रबार र शनिबार अध्यक्षद्वयले छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेपछि आज आइतबार साँझ उनीहरु विवाद समाधानको विकल्प पहिल्याउन छलफलमा जुटेका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दलका १८ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएपछि नेकपाको केन्द्रमा केन्द्रित विवाद प्रदेशसम्म फैलिएको छ ।

तर, अविश्वास पत्रमा हस्ताक्षर गर्नेमध्ये बरिष्ठ नेता माधवकुमार नेपाल समूहका सात सांसदपछि हटेपछि तत्कालका लागि शाहीको मुख्यमन्त्री पद जोगिएको छ ।

मुख्यमन्त्री शाहीले गुलाबजंग शाहीलाई प्रमुख सचेतकबाट हटाएर सीता नेपालीलाई नियुक्त गरेका छन् भने सचेतकमा कर्मराज शाहीलाई नियुक्त गरेका छन् । उनले नेपाल समूहलाई थप तीन मन्त्री दिने सहमति समेत गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ओली-प्रचण्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545