तारकेश्वरमा महिलाहरुको सहभागिता अझै कमजोर
मन्थनको चौथो श्रृंखलामा तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेलले काँठमा विकासका काममा महिलाहरुको सहभागिताअत्यन्त न्यून रहने गरेको बताउनु भएको छ ।
कार्यक्रमा तारकेश्वर नगरपालिकाको उपमेयर भवानी डोटेत धितालले निर्माणसँग सम्बन्धित काममा पुरुषको सहभागिता उल्लेख्य भए पनि तालिम तथा गोष्ठीमा सहभागी हुनेमा महिलाहरु नै बढी भएको बताउनु भयो । तर नगरका नीतिहरु तयार गर्दा महिला पुरुष सवैको सहभागिता हुने गरि गरिएको दावी गर्नु भयो । उहाँले भन्नुभयो नीतिभन्ने कुरा महिला र पुरुष दुवैले बनाउने हो ।
स्थानीय तहमा निर्वाचित करिव ४० प्रतिशत महिलाहरुको सहभागिता छ । संवैधानिक प्रावधान अनुसार महिलाहरुको सहभागिता सुनिश्चित भएपनि यथार्थमाअझै हुन नसकको बताउदै उपमेयर डोटेलले कतिपयअवस्थामा महिलाको संलग्नता मात्रै हुने गरे पनि त्यो नाम मात्रैको सहभागिताका रुपमा रहेको यथार्थलाई मन्थनमा नकार्नु भएन । महिलाहरुको सहभागिता सम्बन्धमा म आफै सन्तुष्ट छैन, हामीले धेरै महिलाहरु लाई विकासका काममा सहभागी गराउनु पर्ने हो तर यहाँको परिवेश अत्यन्तै फरक छ, उहाँले भन्नुभयो । हाम्रो यो काँठमा विकासका काममा महिलाहरुको सहभागिता अत्यन्तै न्यून छ ।
महिलाहरुको सहभागिताको सवाल बलियो हुन नसकेपनि काँठका महिलाहरुको अवस्था राम्रो भएको दावी उहाँको छ । नगरले कतिपय उद्यमी महिलाहरु समेत तयार पारेको र महिलाहरुले आफ्नो परिचय बनाउन सकेको जिकिर पनि गर्नु भयो । समूह र सहकारीमा महिलाहरुको राम्रो सहभागिता रहेको चर्चा उहाँले गर्नु भएको थियो ।
मन्थनमा डा कान्छी महर्जनले नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्दा महिलाहरुको सहभागिता एवं प्रतिनिधित्व नभएको गुनासो गर्नु भयो । स्थानीय पाठ्यक्रम बनाउँदा महिलाको सशक्तिकरण तथा सहभागिताको पाटो सुरुदेखिनै पाठ्यक्रममा राख्न सकेको भए महिलाहरुको सहभागितामाआधार बन्न सक्ने धारणा सहभागीहरुले राखेका छन् । उपमेयर डोटेलले यो सुझावलाई आफूले गंभीर रुपमा लिने र आगामी बैठकमा कुरा राख्ने सहभागीहरुलाई बताउनु भएको छ ।
कार्यक्रममा अष्टेलियाबाट सहभागी मनोज खड्काले महिलाहरुको सहभागिता लाई नीतिले सकारे पनि संख्यात्मक उपस्थिति अत्यन्तै नाजुक हुने गरेको अनुभव बताए ।
महिलाहरुको सहभागिता रहे पनि उनीहरु कति स्वतन्त्र पूर्वक आफनो कुरा राख्न सक्छन्भन्ने महत्वपूर्ण रहेको उनले सुनाए ।
मन्थनको यो श्रृखलामा कृषि अनुसन्धान परिषद (नार्क) का सदस्यएवं लैगिकतथा समावेशीविकास विदयमुना घले, तारकेश्वर नगरपालिकाका कार्यकारी प्रमुख शिव लम्साल एवं महिला विकास शाखाकी प्रतिमा मिश्र लगायत१५ जनाको सहभागी हुनु भएको थियो ।
कोरोनाले ल्याएको परिवेश र यसपछि बदलिने समयलाई मध्यनजर गर्दै मनमैजु साँस्कृतिक समाजले बहस मुलक मासिक नियमित छलफल मन्थनु माचार महिनादेखि हरेक महिनाको पहिलो शनिवार विकास, सँस्कृति र साहित्यमाआधारित वहसहरुको आयोजनागर्दै आएको छ । मन्थन, स्थानीय र राष्टिय विषयहरुमा छलफल गर्न, अन्तरक्रियागर्दै अनुभव, ज्ञान र सीपहरुको विस्तार र प्रसार गर्ने उद्देश्यले शुरु गरिएको हो ।
नगरमा बसोबास गर्ने नागरिक, विज्ञहरु, जनप्रतिनिधि, सामाजिक संघसंस्था, अभियान कर्मीहरु तथा विभिन्न सरोकारवालाहरुवीच सम्बन्ध प्रगाढहोस् र आपसी अनुभवहरु एक अर्का प्रति बाँड्ने वातावरण निर्माणभई विकासले गति लिन सकोस् भनेर मन्थनको नियमितआयोजना गरिएको हो ।
मनमैजु साँस्कृतिक समाज २५ वर्ष अघि कला, सँस्कृति एवं साहित्य तथा सामाजिक विकासको उत्थानका लागि स्थापित तारकेश्वरको अग्रणी संस्था हो ।
मन्थनको आगामीश्रृखला आउँदो मंसीर ६ गते मादल बोकेर भ्रमण गरेका विश्वले चिनेका तथा नेपालले चिन्नन सकेका वाद्यवादकअर्जुन चैनपुरेले आफ्नो अनुभतथा संगीतमय प्रस्तुती गर्नु हुने मनमैजु साँस्कृति समाज , संचार विभाग प्रमुख श्रीराम फुटुगेले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #महिलाहरुको सहभागिता
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ६काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
तपाईको कमेन्ट लेख्नुहोस्