Techie IT
शुक्रबार, फागुन २,२०८१

नेपालमा थप ४०४७ जनामा कोरोना संक्रमणको पुष्टि


नेपालमा आज थप ४०४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक कोरोना अपडेटमा डा जागेश्वर गौतमले आजको संक्रमित संख्या बताएका हुन्।

पछिल्लो २४ घन्टामा कुल १४ हजार ५३० जनामा गरिएको पिसिआर परिक्षणमा सो संख्याका संक्रमित भेटिएका हुन। काठमांन्डौ उपत्यकामा १८ सय ८८ जना, भक्तपुरमा ११८ जना र ललितपुरमा २७७ जना सहित उपत्यकामा आज कुल २२ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ४८ सय ३१ जना क्वारेन्टिनमा छन् भने १३ हजार ९२३ जना आईसोलेसनमा रहेका छन्।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३३, ८८० रहेको छ।
साथै बिश्वमा ३ करोड ७७ लाख ८६ हजार ४१३ जनालाई कोरोना संक्रमण भएको छ भने २ करोड ८३ लाख ७४ हजार ६८३ जनालाई निको भैसकेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona update


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:40 am5:55 pm +0545