Techie IT
आईतबार, माघ १३,२०८१

नेकपा सचिवालय बैठक स्थगित


काठमाडौं, १७ असोज । आज अपराह्न ४ बजे बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

आज स्थगित भएको बैठक भोलि आइतबार अपराह्न ४ बजे बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठले बैठक स्थगित हुनुको कारणबारे केही बताएका छैनन् ।

बैठकमा मन्त्रिपरिषद पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवादमा केन्द्रित हुने बताइएको थियो । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले पार्टीमा छलफल नै नगरी मुख्यसचिव सहित तीन देशमा राजदूत नियुक्ति गरेको भन्दै नेकपाका शीर्ष नेताहरु असन्तुष्ट छन् ।

यसअघि स्थायी कमिटी निर्णय र सचिवालयको छलफल अनुसार राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल चलिरहेकै बेला प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति सम्बन्धी महत्वपूर्ण निर्णय एकलौटी गरिएको भन्दै नेताहरु असन्तुष्ट भएका हुन् ।

यद्यपि, भोलि बस्ने भनिएको बैठकमा यिनै विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपाको सचिवालय बैठक स्थगित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Haze
6:51 am5:40 pm +0545