Techie IT
आईतबार, कात्तिक २४,२०८२

बामदेबलाई राष्ट्रिय सभामा मनोनित गरिएको विषयमा परेको मुद्धाको आज सुनुवाई


सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गरिएको विषयलाई लिएर अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा आज शुक्रबार सुनुवाइ हुने भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनीविरुद्ध परेको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले बुधबार सुनुवाई हुन नसकेपछि आज सुनुवाई हुन लागेको हो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्