Techie IT
बिहीबार, फागुन १,२०८१

नुवाकोट घ्याङफेदिका पहिरो पिडीतलाई सहयोग


नुवाकोट जिल्ला दुप्चेश्वर गाँउपालिकाको घ्याङफेदिमा गएको पहिरोका कारण बिस्थापित परिवारलाई सामुदायिक विकास समाज नेपाल कार्डसन नुवाकोटले ग्याँस सिलीन्डर र चुलो सहयोग गरेको छ। घ्याङफेदिका १ सय १५ पहिरो पीडितहरुलाई दुप्चेश्वर गाउँपालिका र शान्ति भोलेन्टयर एसोसिएसन जापानको आर्थिक सहयोगमा कार्डसन नुवाकोटको माध्यम उक्त सहयोग गरिएको हो।

सहयोग कार्यक्रममा दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्र सिङ तामाङ, उपाध्यक्ष अञ्जु आचार्य ,कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेती, उपाध्यक्ष बच्चुमाया सुनावरी आदीको उपस्थितीमा  नुवाकोटका पुर्व सासंद तथा नेकपा नेता राजेन्द्र प्रकाश लोहनीले सहयोग हस्तान्तरण गरेका हुन।


क्याटेगोरी : समाचार
ट्याग : #पहिरो पिडीतलाई सहयोग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:41 am5:54 pm +0545