Techie IT
आईतबार, माघ १३,२०८१

सय रुपैयाँ घुस लिने प्रहरी जवान कार्वाहीमा


चितवन । बागमती ट्राफिक प्रदेश प्रहरी कार्यालय रामनगर चितवनले घुस खाएको आरोपमा एक जना प्रहरी जवानलाई कार्वाही गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङमा कार्यारर्त प्रहरी जवान प्रकाश श्रेष्ठलाई एक सय रुपैयाँ घुस खाएको आरोपमा प्रदेश ट्राफिक प्रहरी कार्यालयले नसिहेत दिएर कार्वाही प्रक्रियालाई अगाडी बढाएको एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

दुई हप्ता अगाडी मात्रै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवानद्वय नवीन कुमार परियार र लालबहादुर चाैधरीलाई प्रदेश ट्राफिक प्रहरी कार्यालयले घुस खाएको आरोपमा निलम्बन गरेको थियो भने हवल्दार बसन्त श्रेष्ठलाई भने नसिहेत दिएको थियो । पछिल्लोसमय बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रहरी सुदृढीकरण भन्दै प्रहरी निरीक्षकको कमान्डमा संयुक्त अप्रेसन नै सञ्चालनमा ल्याएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : ##घुस #ट्राफिक #प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Haze
6:51 am5:40 pm +0545