Techie IT
शनिबार, जेठ ११,२०८२

अनेरास्ववियू काठमाडौंको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न


पछिल्लो समय कोभिड १९ का कारण देशैभर रगतको अभाव भैरहेको कुरालाई मध्यनजर गर्दे अनेरास्ववियू काठमाण्डौ जिल्ला कमिटिको आयोजनामा सोमबार बिहान नेकपा केन्द्रीय कार्यालय धुमबाराहीमा रक्तदान कार्यक्रम आयोजना सम्पन्न भएको छ।

अनेरास्ववियूका केन्द्रीय सहसंयोजक रंजित तामाङ बिषेश अतिथी रहेको उक्त रक्तदान कार्यकममा काठमाडौ जिल्ला कमिटी सचिव हिमाल शर्माको प्रमुख आतिथ्यता रहेको थियो।  अनेरास्ववियू काठमाडौ जिल्ला कमिटी संयोजक कृष्ण थापा मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा करिव ६० जनाले रक्तदान गरेका थिए।

सो कार्यक्रममा अनेरास्वबियूका केन्द्रीय सदस्यहरु सुरेन्द्र बस्नेत, सुदेश पराजुली, आरती लामा, ईन्द्र भुसाल, समिर पाण्डे लगाएतको उपस्थिती थियो।


क्याटेगोरी : समाचार
ट्याग : #blood donation


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:09 am6:52 pm +0545