चितवनमा बाघको आक्रमणबाट चौधरीको ज्यान गयो
चितवन । बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको आडैमा रहेको बेलसहर मध्यवर्ती सामुदायिक वनमा शनिबार बिहान सवा दस बजे घाँस काट्न गएका भरतपुर महानगरपालिका १३ का ६५ वर्षीया जगदिश चौधरीलाई बाघले आक्रमण गरेर ज्यान लिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।
यस अघि गत भाद्र २२ गते बाघले आक्रमण गर्दा सोही ठाउँका ६० वर्षीय बाबुराम महतोको मृत्यु भएको थियो । उनी बाटुलीपोखरी वनमा घाँस काट्न गएका थिए । अघिल्लो आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले आक्रमण गर्दा पाँच जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्