Techie IT
आईतबार, माघ ६,२०८१

चितवनमा बाघको आक्रमणबाट चौधरीको ज्यान गयो


चितवन । बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको आडैमा रहेको बेलसहर मध्यवर्ती सामुदायिक वनमा शनिबार बिहान सवा दस बजे घाँस काट्न गएका भरतपुर महानगरपालिका १३ का ६५ वर्षीया जगदिश चौधरीलाई बाघले आक्रमण गरेर ज्यान लिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।

यस अघि गत भाद्र २२ गते बाघले आक्रमण गर्दा सोही ठाउँका ६० वर्षीय बाबुराम महतोको मृत्यु भएको थियो । उनी बाटुलीपोखरी वनमा घाँस काट्न गएका थिए । अघिल्लो आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले आक्रमण गर्दा पाँच जनाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Sunny
6:53 am5:35 pm +0545