बझाङकी बालिका हत्या गर्ने दोषीलाई कारवाही गर्न अनेरास्ववियुको माग
अखिल नेपाल महिला सङ्घ (अनेसङ्घ)ले बझाङकी बालिका सम्झना कामीको हत्या गर्ने दोषी पत्ता लगाई कारवाही गर्न माग गरेको छ । अनेमसङ्घका संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानविन गरी दोषी पत्ता लगाएर कानूनी दायरामा ल्याउन माग गर्नुभएको हो । उहाँहरुले बालबालिकाको भयरहित वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गर्नुभएको छ ।
बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीया बालिका कामीको यही असोज ७ गते घरबाट पशुचौपया बाँध्न सिमछाना भन्ने ठाउँमा गएको बेला अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै दुई किलोमिटर टाढा पर्ने सिम मन्दिरमा उनको शव फेला परेको थियो । यस्तै अनेरास्ववियुका संयोजक ऐन महरले पनि विज्ञप्ति जारी गर्दै बालिकामाथि बलात्कारपछि हत्या गरेको जघन्य अपराधका दोषीलाई कारवाहीको माग गर्नुभएको छ ।
उहाँले पीडित परिवारलाई उचित परिपूरणको व्यवस्थाको समेत माग गर्नुभएको छ । उहाँले सरकारले तेजाब (एसिड) प्रहार गर्ने अपराधीलाई ऐनमार्फत नै कडा कारवाही गर्ने प्रक्रिया अगाडि बढाएको जस्तै बलत्कारीलाई पनि ऐन संशोधन गरेर कडा कारवाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #ऐन महर, #बालिका हत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्