बाह्र घण्टापछि नारायणगढ मुग्लिन सडकखण्ड सञ्चालनमा
नारायणगढ मुग्लिन सडकखण्ड १२ घण्टापछि दुईतर्फीरुपमा सञ्चालनमा आएको छ ।
आज बिहान ८ बजेदेखि पहिरोका कारण पूर्णरुपमा अबरुद्ध भएका सडक अहिले साँझ ७ः ५० बजेबाट सञ्चालनमा आएको हो ।
आइतबार साँझदेखि आएको वर्षाका कारण अवरुद्ध सडक पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
वर्षाका कारण बिहानदेखि चार किलो, टोपेखोला, चेपाङ् डाँडा, कालिखोला, मुग्लिन डाँडा लगायतका ठाउँमा पहिरो खसेर अवरुद्ध सडक साँझ अबेर मात्र पहिरो पन्छाएर सञ्चालनमा आएको हो ।
पहिरोका कारण रोकिएका सवारी साधन सडक सञ्चालनमा आएसँगै गन्तव्यतर्फ लागेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्