शाक्य समाज खाँदबारीको आठौं वार्षिक साधारण सभा सम्पन्न
शाक्य समाज खाँदबारीका कार्यसमिति सदस्य तथा कान्तिपुरकर्मी दिपेन्द्र शाक्यद्धारा नगद रु ५० हजार सहयोग उपलब्ध
खाँदबारी, असोज ८ – शाक्य समाज खाँदबारीको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । खाँदबारी स्थीत त्रिरत्न बुद्ध बिहारमा बिहिबार आयोजना गरिएको साधारण सभाको अध्यक्षता शाक्यसमाजका अध्यक्ष किरणकुमार शाक्य, प्रमुख अतिथी कृष्णराज शाक्य रहनुभएको थियो ।
संघका उपाध्यक्ष जयन्द्र शाक्यले संचालन गर्नूभएको कार्यक्रममा सचिव लोकदर्शन शाक्यले स्वागत मन्तब्य प्रकट गर्नूभएको थियो । साधारणसभालाई सम्बोधन गर्दै शाक्य समाजका अध्यक्ष किरणकुमार शाक्यले आर्थिक वर्षभर समाजले गरेको आर्थिक कारोबार र प्रगति बिवरणका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा त्रिरत्न बुद्ध बिहारको माथिल्लो तथा थप गर्नका लागि माननिय राजेन्द्र गौतमले रु १५ लाख र खाँदबारी नगरपालीकाले रु ५ लाख उपलब्ध गराई भवन निर्माण सम्पन्न गरिएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । वहाँले भवन निर्माण लगायत अन्य ब्यवस्थापनको कार्यमा सघाउ पुर्याउने सबैदाताहरुलाई धन्यबाद प्रकट गर्नूभएको थियो । कार्यक्रममा शाक्य समाज खाँदबारीका कार्यसमिति सदस्य तथा कान्तिपुरकर्मी दिपेन्द्र शाक्यले भवन निर्माण र ब्यवस्थापन लगायतका लागि नगद रु ५० हजार समेत सहयोग उपलब्ध गराउनुभएको थियो । रु ५० हजारको चेक बुझ्दै शाक्य समाजका अध्यक्ष किरणकुमार शाक्यले सहयोग उपलब्ध गराएकोमा बिरेन्द्र शाक्य, दिपेन्द्र शाक्य लगायत सम्पुर्ण परिवारजनमा आभार प्रकट गर्नुभयो ।
यसैबिच शाक्य समाजको आठौं बार्षिक साधारण सभाले १५ सदस्यीय नयाँ कार्यसमिति समेत पुनरगठन गरेको छ । पुनरगठित समितिको अध्यक्षमा किरणकुमार शाक्य, बरिष्ठ उपाध्यक्ष जयन्द्र शाक्य, उपाध्यक्ष अश्वीन बज्राचार्य, सचिव लोकदर्शन शाक्य, सहसचिव भुपेन्द्र शाक्य, कोषाध्यक्ष जेनी शाक्य, सहकोषाध्यष रनीता बज्राचार्य, र सदस्यहरुमा दिपेन्द्र शाक्य, कृष्णराज शाक्य, दिेपेश शाक्य, देवराज शाक्य, अमन शाक्य, सुजन बज्राचार्य, सुबर्ण शाक्य र अमित शाक्य चयन हुनुभएको शाक्य समाजका बरिष्ठ उपाध्यक्ष जयन्द्र शाक्यले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #बुद्ध बिहार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्