बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट
बोक्सीको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकामा एक महिलामाथि कुटपिट भएको छ । स्थानीयवासीको कुटपिटबाट घाइते नवराजपुर–५ कसुन्डी निवासी ४५ वर्षीया मूर्तिदेवी यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको आफन्तजनले जनाएका छन् ।
गाउँका एक बच्चा बिरामी भएको र अर्का एक जनाको चट्याङ लागेर मृत्यु भएको विषयमा मूर्तिदेवीले टुनामुना गरी बोक्सी लगाएको आरोप लगाउँदै स्थानीयवासी धर्मनाथ यादव, उहाँका छोरा सन्तोष र सोही ठाउँका देवनाथ यादव, कृष्ण यादव, ब्रह्म यादव लगायतले मूर्तिदेवीलाई निर्घात कुटपिट गरेका मूर्तिदेवीका छोरा गणेश यादवले जानकारी दिनुभयो ।
“गत भदौ २९ गते राति आमा घरमा सुतिरहनुभएको थियो”, उहाँले भन्नुभयो, “स्थानीयवासीले तथानाम गाली गर्दै आमालाई घरबाट बाहिर निकालेर सडकमा लगि निर्घात कुटपिट गरे, पछि खेतमा लगेर फालिदिए ।” कुटपिट गर्नेहरुले प्रहरीमा उजुरी गरे चोरीको आरोपमा फसाई दिने धम्की दिँदै आएको उहाँको गुनासो छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिकराम शर्माले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्