Techie IT
बिहीबार, फागुन १,२०८१

हवाई यात्राका लागी अनिवार्य पिसिआर परिक्षणको रिपोर्ट


सोमबारबाट आन्तरिक उडान हुने निर्णय गरेसंगै खुम्बु पासाङल्हामु गाउँपालिका सोलुखुम्बुले लुक्ला विमानस्थल आवतजावत गर्ने सबै यात्रुका लागी पिसिआर परिक्षण अनिवार्य र र रिपोर्ट सहित यात्रा गर्नका लागी शर्त राखेको छ।

पर्यटकीय सिजनमा सबैभन्दा व्यस्त रहने खुम्बु क्षेत्रको लुक्ला बिमानस्थलमा हवाई उडान सुरु भएसंगै यात्रुको चाप बढ्नसक्ने कुरालाई मध्यनजर गर्दै गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर टेस्ट, रिजल्ट चेक जाँच गरी नेगेटिभ आए मात्र उडान अनुमति दिन पत्र लेखेको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका कोरोना महामारी सकिए संगै सर्त राखेर हवाई उडानलाई सुरक्षित र स्वास्थ्यको हिसाबले भरपर्दो बनाउन जवाफदेहि भुमिका निर्वाह गर्ने पहिलो स्थानिय सरकार हो।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Fair
6:41 am5:54 pm +0545