Techie IT
शुक्रबार, माघ ११,२०८१

ईन्धन बोकेको ट्याङ्कर त्रिशुलि नदिमा खस्यो, चालक र सहचालक अज्ञात


आईतबार बिहान पेट्रोल बोकेको ट्याङ्कर त्रिशुलि नदिमा खसेको छ।

ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेको हो। नदिमा खसेको ट्याङ्करमा आगोलागी भएको थियो।

ट्याङ्करका चालक र सहचालक दुबै अज्ञात रहेको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिएका छन्। ट्याङ्करलाई अहिले नदिबाट बाहिर निकाल्ने कार्य भैरहेको पनि भट्टले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #tanker accident


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545