Techie IT
आईतबार, माघ १३,२०८१

काठमाडौँमा उपत्यकामा ८५९ जना कोरोना संक्रमित


काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर भने २०२० जना संक्रमित थपिएका छन् ।

नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २०२० संक्रमित भेटिएका हुन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना संक्रमित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Haze
6:51 am5:40 pm +0545