लायन्स क्लव अफ आरम्भ देउराली र दियालो देउरालीको संयुक्त रक्तदान कार्यक्रम
शोभा तामाङ
३१ भदौ काठमाडौं ।लायन्स क्लव अफ आरम्भ देउराली र दियालो देउरालीको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार टोखा नगरपालिका वडा नंं ५ को दियालो फुडल्याण्डमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । दिउँसो ११ः०० बाट सुरु गरिएको रुक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी संकलन भएको थियो । रक्तदान कार्यक्रममा टोखा नगरपालिका वडा नं. ५ का अध्यक्ष जगन्नाथ ढकाल सहित वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
लायन्स क्लब अफ आरम्भ देउरालीको प्रेसिडेन्ट गिता चापागाईंका अनुसार कोरोना महामारीले रगतको चरम अभाव भइरहेको हुनाले रक्तदान कार्यक्रम गरेको बताउनुभयो । अझै हामीले काठमाडौंका अन्य नगरपालिकाहरुमा पनि रक्तदान कार्यक्रम गर्ने योजना रहेको छ ।

हामी अब कोरोनासँग डराएर भन्दा पनि जुधेर अगाडी बढनुपर्छ भन्ने सोचले कार्यक्रम गरिरहेका छौं भन्ने जानकारी पनि दिनुभयो । अध्यक्ष कल्पना घिमिरेले कार्यक्रमलाई सहयोग गर्ने संघसंस्थाहरु लगायत लायन्स क्लव अफ काठमाडौं आरम्भ देउराली र दियालो देउराली सहित साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो र उक्त रक्तदान कार्यक्रमको सफलताले आफुहरुलाई अझै हौसला मिलेको जानकारी पनि दिनुभयो ।
आजको रक्तदान कार्यक्रममा करिव १०० भन्दा बढि रक्तदाता आएका थिए । तर समयाभावको कारणले गर्दा ६० जनाको मात्र रगत संकलन गरिएको थियो । नेपालमा यतिबेला अस्पतालहरुमा कोभिड–१९ ले गर्दा रगत अभाव हुन थालेको छ , त्यसैले यसरी गरिने रक्तदान कार्यक्रमहरुले रगत अभावको समस्या समाधानमा कोशेढुङ्गा साबित हुने गर्दछ ।
क्याटेगोरी : समाचार
ट्याग : #आरम्भ देउराली र दियालो देउराली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्