पर्यटन बोर्डको चाडपर्व फोटो प्रतियोगिता

नेपाल पर्यटन बोर्डले चाडपर्वको सन्दर्भलाई लक्ष्य गर्दै चाडपर्व फोटो प्रतियोगिता आयोजना गरेको छ । चाडपर्वका समयमा विगतका दिनमा जस्तो रमाइलोसँग समय बिताउन नपाएका क्षणमा पनि केही सकारात्मकता र केही सिर्जनशीलता सम्मिश्रण गराई रौनक अनुभूति गराउने उद्देश्यका साथ चाडपर्व फोटो प्रतियोगिता आयोजना गरिएको बोर्डले जनाएको छ ।
प्रतियोगितामा नेपालका कुनै पनि चाड वा गतिविधि तथा केही सान्दर्भिक तस्बिर अनलाइनबाट पठाउन सकिनेछ । सहभागीले आगामी मङ्सिर १० गतेसम्म फोटो पठाइसक्नुपर्नेछ । बोर्डको फोटो अभियानको साइट जततउकस्ररउजयतयलभउब।ितचबखभ िमार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ ।
उत्कृष्ट पाँच सहभागीले जनही रु दश हजार पुरस्कार प्राप्त गर्ने बोर्डले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले विगतका फोटो प्रतियोगितामा देखिएको उत्साहजनक सहभागिताका कारण यसपटकको फोटो प्रतियोगितालाई फोटो सिरिज प्रतियोगिताका रुपमा गरिएको बताउनुभयो । सहभागी हुन प्रत्येक सहभागीले कम्तीमा सात भिन्नाभिन्नै फोटो पठाउनुपर्नेछ । यसले नेपाली चाडपर्वको विराटतालाई अनुभूति गराई फोटोमार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई बृहत् बनाउने अपेक्षा गरिएको छ ।
पर्यटन बोर्डले चार वर्षअघिदेखि फोटोका माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटो नेपाल प्रदर्शनी गर्दै आएको थियो । फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै शुरु भएको थियो । बोर्डका अनुसार देश चिनाउने फोटो प्रदर्शनी चार वर्षदेखि निरन्तररुपमा भइरहेको छ । यस अभियानलाई अझ व्यापक बनाउन फोटो नेपाल डट ट्राभल शुरु गरिएको हो । हाल यसमा ११ हजारभन्दा बढी सदस्यका २५ हजार फोटो सङ्गृहीत छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्