पहिराले आठ घरमा क्षति, चार सवारी साधन बगायो
पहिराले चितवनमा आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेकोे पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो ।
पहिराले दुई मोटरसाइकल, एक÷एक म्याजिक भ्यान र बलेरोमा पनि क्षति पुर्याएको स्थानीयवासी चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । वडा नं ६ कै राष्ट्रिय आधारभूत विद्यालय पैरेनी र सो विद्यालयको शौचालयमा समेत क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो ।
गुरुङका अनुसार अहिले ती आठ घरका परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन् । पाँचकिलो बजार नारायणगढ–मुग्लिन सडकखण्डमा पर्दछ । सो सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलो र पाँचकिलो डाडाँमा पहिरो खस्दा अहिले नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध छ ।
पहिरो पन्छाई सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पहिराले चितवनमा आठ घरमा क्षति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्