नेपालमा पहिलो पटक अनलाइनमा समाचार हेर्न पैसा लाग्ने
काठमाडौं । अर्घाखाँची मिडिया हाउस प्रालीले आफ्नो नेपाली अनलाइन संस्करण अर्घाखाँची डट्कमलाई सशुल्क (पेड) सब्सक्राइबमा शुरुवात गरेको छ ।
प्रालीले आफ्नो नेपाली अनलाइन संस्करण अर्घाखाँचीडट्कमलाई डिजिटल सशुल्क (पेड) सब्सक्राइब प्रणालीमा शुरुवात गरेको हो । योसँगै पत्रीका किनेर पढे जस्तै अर्घाखाँची डट्कमका समाचार सामाग्री हेर्न, पढ्न मार्सिक रुपमा पैसा लाग्नेछ । योसँगै नेपालको ईतिहासमा अर्घाखाँचीडट्कमले पहिलो पटक सशुल्क (पेड) सब्सक्राइब प्रणाली शुरुवात गरेको छ ।
नयाँ सशुल्क (पेड) सब्सक्राइब प्रणाली अन्तरगत नेपालका ग्राहकले मार्सिक २ सय रुपैया र बाहिरका ग्राहकले ३ डलर तिरेर सब्सक्राइब गर्न सक्नेछन् ।
डट्कमले भविष्यमा स्वतन्त्र, निर्भिक, खोजमुलक एवम व्यावसायिक पत्रकारिता निरन्तरता दिनका लागि तथा विज्ञापन राजस्व गिरावट – संकट परेको, गुणस्तरीय पत्रकारिताको संरक्षण गर्नका लागि सशुल्क (पेड) सब्सक्राइब प्रणालील्प शुरुवात गरेको हो ।
भविष्यमा स्वतन्त्र, निर्भिक, खोजमुलक एवम व्यावसायिक पत्रकारिताको स्थिरता सुनिश्चित गर्न सशुल्क (पेड) सब्सक्राइब प्रणाली शुरुवात गर्ने योजना अनुसार पाठक, दर्शक तथा स्रोतालाई सधैं आफ्नो मार्गदर्शकका रुपमा लिने डट्कमले प्रकाशन एवम् प्रसारण गर्ने सामग्री सत्य, तथ्य, निष्पक्षमा आधारित रहेर निर्माण गर्नेतर्फ यस संस्थामा आबद्ध सबैको दृढ संकल्प छ ।
सन् १९९९ सालदेखि ब्लग र सन् २००६ साल देखिको अन्लाईन संस्करणलाई निरन्तरता दिदै आएको डट्कम नेपालको पहिलो नेपाली भाषामा अन्लाईन संचार-संस्था हो । डट्कमका दैनिक ७० देखि ८० हजार बढी नियमित पाठक छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #अन्लाईन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्