मनमैजु , साङ्ला ,धर्मस्थली सहित तारकेश्वरमा थपिए ११ संक्रमित

तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या २५१ पुगेको छ । नगरको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार सबैभन्दा बढी मनमैजु–१० मा ६८ र सबैभन्दा कम फुटुङ– ७ मा ३ जनामा कोरोना फैलिएको छ।
त्यस्तै, नेपालटार–११ मा ४२, मनमैजु–८ मा २५, गोलढुङ्गा–४ मा २४, गोलढुंगा–५ मा १८, मनमैजु– ९ मा २८, काभ्रेस्थली–२ मा १३, जितपुरफेदी–३ मा ७, ६ जनामा कोरोना संक्रमण फैलिएको शाखाले जानकारी दिएको छ ।
त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या ७ जना पुगेको छ निको हुनेको संख्या ३ जना, वडा नं. २ मा १३ जना २ जना निको भइसकेका छन् । वडा नं. ३ मा ७ जना, वडा नं. ४ मा २४ जना जसमा ४ जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा १८ जना जसमा १४ जना निको भएका छन् ।
वडा नं. ६ मा १६ जनामा कोारेना संक्रमण देखिएको छ । वडा नं. ७ मा आज ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । वडा नं. ८ मा २५ जना ६ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा २८ जना र निको हुनेको संख्या ३ पुगेको छ । वडा नं. १० मा ६८ जना जसमा २२ जना निको भएका छन् ।
तारकेश्वर नगरपालिकामा ९९८ जनाको आजसम्म पिसिआर परिक्षण भइसकेको छ । नगरपालिकामा १२७ जना होम आइसोलेसनमा बसेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा थपिए ११ संक्रमित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्