Techie IT
बिहीबार, माघ १०,२०८१

यसकारण गरिदैंछ, मन्त्री अर्याल माथि प्रहार


काठमाण्डौं । दुईतिहाई नजिकको जनमतसहित पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकारमा दृढतमपूर्वक जनपक्षीय काम सम्पादन गरिरहेकी भूमी ब्यवस्था, सहकारी तथा गरीवी निवारणमन्त्री पद्माकुमारी अर्याल माथि पार्टीभित्रै र बाहिरबाट बेलावखत प्रहार हुँदै आएको छ । नेकपाभित्र महिला नेतृका रुपमा पहिचान स्थापित गराउदै बर्तमान मन्त्रीपरिषद्‍मा सक्षम मन्त्रीका रुपमा जनमानसमा छाप छोड्न सफल भूमी ब्यवस्था मन्त्री अर्यालमाथि प्रहारको श्रृंखलाको पछिल्लो उदाहरण बनेको छ–कित्ताकाट खुला गरेपछिको प्रहार ।

नेकपाभित्र भविष्यका लागि एउटा आशा लाग्दो नेताका रुपमा उदाउदै गरेकी मन्त्री अर्यालमाथि पार्टी भित्रैबाट प्रहारको निशाना बनाउनुको एउटा अन्तर्य हो–उनलाई बद्नाम गराएर कमजोर पार्नु । कतिपयलाई आफ्नो गुटमा नलागेको स्वाँद फेर्नु छ भने कसैले उहाँ जबरजस्ती कामबाट नेता स्थापित बनेको मन परेको छैन । पार्टी बाहिरकालाई जसरी पनि यो सरकारलाई बदनाम गर्नु, असफल सिद्ध गर्नु र जनतामा निराशा पैदा गर्नु दिनचर्या र नियोजित कार्य छदैछ ।

पारिवारिक अंशवण्डा गर्न पनि असहज परेको अवस्था , सर्वसाधारणले जग्गाको कित्ताकाट रोकिदा पाइरहेको सास्ती र केही जग्गा माफियाले मात्र भित्रभित्रै काम गरिरहेको र कर्मचारीले अतिरिक्त लाभ उठाईरहेका सन्दर्भमा यी सवैकुरालाई ध्यानमा दिएर सर्वसाधारणको पिरमर्का र व्यवहारिक कठिनाई फुकाउदै जग्गाको कित्ताकाट शर्तसहित फुकुवा गर्दा केही भूमाफिया र भ्रष्ट्रकर्मचारीको मिलिमगतमा अहिले मन्त्री अर्याललाई बद्नाम गर्ने, योजनावद्ध र नियोजित षडयन्त्र भैरहेको छ ।

त्यसमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ताकेता , संसदीय समितिको निर्देशन र प्रधानमन्त्री केपीशर्मा ओलीको अनुमतिमा मन्त्री अर्यालले कित्ताकाट फुकुवा गरेको विषयलाई अतिरञ्जित र षडयन्त्रमुलक ढंगले उछालिएको छ । यसका पछाडी खेल अर्कै छ । मन्त्री अर्याललाई असफल पार्न र बद्नाम गर्न एउटा समूह हात धोएर लागेकै छ ।

नेकपाभित्र मन्त्री अर्याल महिला नेतृका रुपमा पहिचान बनाएको कसैकसैलाई पच्न सकेको छैन भने प्रधानमन्त्री ओलीलाई कमजोर बनाउन सकिन्छ कि भनेर मन्त्री अर्यालमाथि प्रहार गरिएको सहजै अनुमान गर्न सकिन्छ । तर यो अनन्तः चियाको कपमा तुफान ल्याउने दुष्प्रयास हुने छ । तीन वर्ष अघि तत्कालिन सरकारले गरेको दुराशययुक्त र त्रुटीपुर्ण ढंगले कित्ताकाट रोक्ने निर्णय सच्चाउने साहस गरेकी छन् – जनपक्षीय कदम उठाएकी छन्–मन्त्री अर्यालले ।

त्यसवेला भूमाफियाको डिजाईनमा ११ वटा दलाल कम्पनीलाई खुला गरि दिएर सर्वसाधारणले दुःख पाउने गरी कित्ताकाट रोकिएको थियो । अहिले मन्त्री अर्याल आएपछि भू–उपयोग सम्बन्धि कानुन वनाई त्यस अनुरुप कित्ताकाट खुला गरिएको हो ।

२०७४ साल साउन २६ गते देखि तत्कालिन भूमी व्ययस्था मन्त्री गोपाल दहितले कित्ताकाटमा रोक लगाएका थिए । अव कित्ताकाट खुला भएपछि भू–उपयोग सम्बधि डाटावेसका आधारमा स्थानीय सरकारहरुले जग्गाको वर्गिकरण गर्ने र खेतियोग्य वाहेक अन्य जग्गाको खण्डिकरण गर्ने व्यवस्था छ । त्यस्तै ऐन अनुसार स्थानीय सरकारले जग्गा खण्डिकरणका लागि रेखदेख गर्नुपर्ने छ । यस्तो अवस्थामा मन्त्री अर्यालमाथि अनेक लाञ्छाना लगाउन खोज्नु कुनियत वाहेक केहि हुन सक्दैन । कोरोनाको कहर देखाएर अहिले भुमाफियाहरु फेरी कित्ताकाट रोकेर व्रम्हलुट गर्न सकिन्छ कि भनेर त्यो ध्याउन्नमा लागेका छन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहँदा स्वास्थ्य क्षेत्रको सुधारमा हात हाल्दै सुधारको थालनी गरेकी अर्यालले स्वास्थ्य विभागको महानिर्देशक लगायत अंचल अस्पतालका प्रमुख र महाशाखा प्रमुखहरुको निर्विवाद ढंगले सरुवा गरेर सुशासनको सन्देश प्रवाह गरेकी थिईन् । विभागीय , केन्द्र, महाशाखा र अंचल अस्पतालको प्रमुखमा सरुवा गर्दा हुने व्यापक आर्थिक चलखेल हुँदै आएकोमा मन्त्री अर्यालले त्यसलाई व्रेक गरेर सक्षम र योग्यलाई कुनै मोलहिजाविना जिम्मेवारी सुम्पेको कुरालाई अहिले पनि स्वास्थ्य मन्त्रालयमा तारिफ र चर्चाका रुपमा कर्मचारीहरुले लिने गर्छन् ।

स्वास्थ्यमा छोटो समय बसेपनि सुधारको थालनी गरेर सन्देश प्रवाह गरेकी मन्त्री अर्यालले भूमी व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कुनै पनि लोभलालच र ब्यक्तिगत स्वार्थमा नलागि सुधारमा जुटिरहेकि छन् । भूमी जस्तो गन्हाएको ठाउँमा फोहोर पन्छाउदै सुधारको थालनी गरिन । सरुवामा कुनै लोभ प्रलोभनमा नपरी आर्थिक अनुशासन र सुशासन कायम गर्न दत्तचित्त भएका अनेकौ उदाहरण छन् ।

उनकै नेतृत्वमा भूमी सम्बन्धि थुप्रै जनमुखी कार्यहरु भएका छन् । जुन कतिपय दीर्घकालीन महत्व राख्ने खालका विषय छन् ।

मन्त्री अर्यालकै नेतृत्वमा विगतमा छुटाएको नेपालको भु–भाग समेटेर नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक, आफ्नै साधनश्रोत र जनशक्तिवाट सगरमाथाको उचाई मापन, अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता लगायतका महत्वपूर्ण कार्यहरु सम्पादन भएका छन् । यसले मन्त्री अर्यालको कार्यक्षमता र साहसको प्रशंशा त बटुलेको छ नै साथसाथै सरकार, नेपाल र नेपालीको शिर उचो बनाउने कार्य भएको छ ।

त्यसैगरी मन्त्री अर्यालले भूमी वैंकको स्थापना, सुकुम्वासी जग्गाको मालिक वनाउने र सुकुम्वासीको समस्या सदाका लागि अन्त्य गर्ने अभियानको सुरुवात, नापी र मालपोत कार्यालयलाई अनलाईन पद्धतिमा लैजाने कार्यको शुरुवात , सरल र सुलभ सेवाप्रवाहको थालनी, मालपोत सेवालाई स्थानीय तहमा स्थान्तरण गर्ने कार्यको शुरुवात जस्ता जनमुखी कार्य गरेकी छन् ।

त्यतिमात्र होईन गत आर्थिक वर्षमा मन्त्रालयवाट हुने कार्यसम्पादनमा मन्त्रालयले ७३.२० प्रतिशतको वित्तिय र ८०.११ प्रतिशतको भौतिक प्रगति गरेवापत पनि मन्त्री अर्यालको कार्य सम्पादन र कार्यक्षमतामा अब्बलता देखिन्छ ।

सस्तो प्रचारबाट टाढै बस्न रुचाउने र काममा विश्वास गर्ने मन्त्रीको आफ्नै शैली र राम्रोलाई नदेख्ने, नराम्रोको खोजी गर्दै हिड्ने केही तत्वका कारणले मन्त्री अर्यालले गरेका थुप्रै जनमुखी कार्यहरु जनताकावीच जान सकेका छैनन् ।


क्याटेगोरी : समाचार
ट्याग : #मन्त्री अर्याल माथि प्रहार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545