Techie IT
बिहीबार, माघ १०,२०८१

कांग्रेस महामन्त्री कोइराला लाई कोरोना संक्रमण


काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

सोमबार ज्वरो आएपछि कोरोनाको आशंकामा उनको हिजो को स्वाब धुम्बराहीस्थित ह्याम्स अस्पतालमा र परिवारसहित सुरक्षाकर्मीलगायत १९ जनाको स्वाब स्टार अस्पतालमा परीक्षणका लागि दिइएको थियो । महामन्त्री कोइरालाको परीक्षण रिपोर्ट पोजेटिभ आए पनि अन्य १९ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ । उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ । उनी अहिले होम आइसोसनमा आफ्नै घरमा रहेका छन् ।

कोइरालाले पनि मंगलवार साँझ ६ वजेतिर आफूलाई कोरोना पोजेटीभ भएको जानकारी ट्वीट गरेर जानकारी दिएका छन् । उनले लेखेका छन्ः आज गरिएको परीक्षणका क्रममा म मा कोरोना संक्रमण पुष्टि भएको छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन। चिकित्सकहरुको सल्लाह अनुसार हाल म होम आइसोलेसनमा बसेको छु। मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु। जय नेपाल


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना, #शशांक कोइरा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545