कोरोना बिरुद्धको लडाइमा टोलसुधार र नगरपालिकालाई सक्रिय बन्न मनमैजु सांस्कृतिक समाजको आग्रह
प्रभावकारी कामका लागि ७ बुदे सुझाव
तारकेश्वर काठमाडौ । कोरोना भाइरसले यतिबेला सबैको मनमा डरको ढ्यांग्रो ठोकिरहेको छ ।
भाइरसले विश्व बजारको आर्थिक, नैतिक, सामाजिक, राजनीतिक, वैज्ञानिक सोच र क्षमतालाई तहस–नहस हुने गरीविश्वका सर्वशक्तिमान देशलाई समेत उठ्नै गाह्रो हुने गरी भाइरस संक्रमणले घेरा हालिरहेका बेला नेपाल मात्रै अछुतो रहने कुरै भएन । पछिल्लो समय कोरोनाको हप तारकेश्वर नगरपालिका पनि बन्न सक्ने निश्चिित प्राय नै छ ।
तारकेश्वर नगरपालिको स्वास्थ शाखाले दिएको पछिल्लो बिवरण अनुसार नगरपालिका भित्र करिव १८१ जना संक्रमित भएको बताइएको छ । खुल्ला नाका र बढ्दो जनघनत्वका कारण संक्रमण बढ्दो अवस्थामा छ ।
यसै सन्र्दभमा कोभिडको अवस्थाले हामी सवैको स्थितिलाई कठिन, जटिल मोडमा ल्याइदिएको र मानवजीवनलाई थुप्रै कठिनपूर्ण बनाइदिने पक्का भैसकेको अवस्थामा मजमैजु सांस्कृतिक समाज , संचार बिभागले जुम मार्फत पत्रकार सम्मेलन गरेको छ ।
कोरोनाको सामनाका लागि संयुक्त रुपमा कसरी लाग्न सक्छौ भन्नेबारे गंभीर भएर सोच्न जरुरी भइसकेको र तत्कालका लागि हामीले आफ्नो जीवन कसरी सुरक्षित गर्ने, भोकमरी बाट नगरवासी जनतालाई कसरी जोगाउने र पछि योजनावद्ध विकासका कामहरु कसरी सुरु गरेर कोभिडको प्रभावलाई कम गर्ने भन्ने माध्यान दिन जरुरी भएको तारकेश्वर नगरपालिका र सम्बन्धित निकायहरु लाई ध्यानाकर्षण समेत गराएको छ ।
दिन प्रति दिन संक्रमितको संख्या बढ्दै गएकाले अव टोल टोलमा विभिन्न समस्याहरु आउन सक्ने र सोको समाधानका लागि टोलले नै सक्रिय भुमिका निर्वाह गर्न पर्ने आवश्यकता देखिइसकेको छ । त्यसैले वडा र नगरपालिकाले ति टोल सुधार समितिहरुलाई सहभागी गराएर कसरी जिम्मेवारी पुर्वक लागि पर्न सकिने बताइएको छ ।
त्यसतर्फ ध्यानदिन ढिला भइसकेको मनमैज साँस्कृति समाज, संचार विभाग प्रमुख
श्रीराम फुटुगेको भनाइ छ ।
देशभर हजारौ टोल सधार समितिहरु छन् तर उनीहरुको व्यवस्थापन र परिचालनका सरकारको ध्यान जान सकेको छैन तारकेश्वर नगरपालिमा मात्रै करिव १०० वटा जति टोलसुधार समिति छन् ।
समाजलाई असजिलो पारिरहेको अवस्थामा हामी पनि चुप लागेर बस्न सक्ने स्थिति छैन । त्यसैले तारकेश्वर नगरभित्र रहेका आमनागरिक, बद्धिजीवी, विभिन्न संघसंस्थातथा टोल सुधार समितिहरुलाई आब्वान समेत गरेको छ ।
यो विपदको घडीमा आफ्नो तर्फबाट केही पहल गरौ, नगरपालिका र सम्बन्धित वडाले पनि त्यसमा साथ देओस् टोल सुधार समिति तथा यहाँ विभिन्न सामाजिक संघ संस्थाहरुको संलग्नतालाई महत्व दिइएको नपाइएको गुनासो नगरभित्र सर्वत्र छ ।
मानवीय प्रति कार्यका अन्तराष्टिय मान्यता, सिद्धान्त तथा नियम तथा मापदण्ड हरुको पालनागर्दै जनताको सहभागितामा मात्रै कोभिड प्रतिकार्य प्रभावकारी हुने बताएका छन ।
मनमैज साँस्कृति समाजका अध्यक्ष धुव्रराज खड्काले टोल सुधार समिति, समाज र समुदायको हितका लागि बन्ने भएकाले उपभोक्ता समिति गठन गरेर बिकाश निमार्णमा मात्र सिमित नभई कोरोनामहामारीको लडाँइमा पनि अग्रसर हुनु पर्ने बताएका छन ।
टोलसुधार समितिलाई यस्तो छ आग्रह :
१) संभावित आउन सक्ने जोखिमको आँकलन गरि अहिलेदेखि नै विपदप्रतिकार्य योजना तर्जुमा गर्न र खास गरि गरिव, विपन्न, असहाय, अपागताभएकातथा कोठावासी न्युनआएभएका परिवारहरुलाई ध्यानमा राखितत्कालै सहयोगका लागिकार्य योजना बनाउन टोल सुधार समितिहरुसँग सहकार्य गरियोस्, पहललिइयोस् ।
२) नगर तथा वडाले संचालन गर्ने कोभिड प्रतिकार्यमा टोल सुधार समितिहरुको सहभागिता र संलग्नतालाई सुनिश्चितगर्ने कदम चालियोस् । जनताको अर्थपुर्ण सहभागिताले मात्रकुनै पनि विपद्हरुको सामना गर्न थप बल पुग्न जान्छ ।
३) टोल सुधार समितिहरु यस्तो विपद्का बेला काम गर्न क्रियाशिल र अग्रसर एवं इच्छुकहरुको सहभागिता र संलग्नतालाई व्यवस्थित पार्ने विषयमा नगरपालिका एवं विभिन्न सरोकारवाला निकायहरुले तत्काल घनिभुत छलफल चलाओस् र जनतासँग छलफल र अन्तरक्रिया बाट अगाडि बढोस् ।
४) टोल विकास संस्थाहरुले खास गरी सचेतना जगाउने, सुचना आदान प्रदान, प्रवाह, गरिव विपन्न तथा कमजोर वर्गको लगत तथा विवरण राख्न सक्ने हुँदा कोभिडको प्रति कार्यमा उनीहरुको सहभागितालाई महत्वपुर्ण कडीका रुपमा हेरियोस् । यसका लागि वडा तथानगरले विधुतिय माध्यम बाट तालिम प्रशिक्षण दिने, सुचना आदान प्रदान गर्ने लगायतअन्य सेवाहरु प्रदान गर्ने व्यवस्था मिलाओस् ।
५) आफ्नो टोलमा गर्न सकिने सहयोग एवं कोभिड विरुद्ध लड्नका लागि सवै टोल सधार समितिहरुलाई आग्रह गरियोस्, छलफल चलाई वडा र नगरसँग समन्वयका लागि उत्पेरित गरियोस ।नाम मात्रका टोलसुधार समिति र निष्क्रियहरु लाई सक्रिय बनाउने उपाय पहिचान गरियोस् । यस विषयमा नगरले एउटा स्पष्ट नीति तयार गरोस् ।
६) वडा तथा नगर स्तरमा गठित विपद्व्यवस्थापन समितिमा टोल सुधारको प्रतिनिधित्व नछटाइयोस् । उनीहरुलाई आवश्यक पर्ने सरसहयोग, आर्थिक एवं प्राविधिक सहयोगहरु नगरपालिका बाट प्रदान गरियोस् ।
७) शिक्षा, स्वास्थ्य र आयआर्जन एवं रोजगारीसम्बन्धी कोभिड प्रतिकार्यका योजना तर्जुमा तथा कार्यान्वयन गर्दा निष्पक्षतथा स्वतन्त्रभई टोल सुधार समितिहरुको सक्रिय सहभागिता सुनिश्चित गरियोस् ।
विपद्का बेला टोलसुधार समितिहरुले महत्वपर्ण भुमिका निर्वाह गर्ने भएकाले उनीहरुको परिचालन र संलग्नतामा ध्यान दिइ विपद प्रति कार्यमा उनीहरुको अर्थपुर्ण सहभागिता लाई सुनिश्चित गरियोस् । यस पहलमा सघाउन मनमैज साँस्कृति समाज पुर्ण प्रतिवद्धता रहेको बताएको छ।
कार्यक्रममा तारकेश्वर पत्रकार मंचका पदाधीकारीहरु ,मनमैजु साँस्कृतिक समाजका पदाभिकारीहरु , टोल सुधार समितिका पदाधिकारीहरुले बहस गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #टोलसुधार समिति, #मनमैज साँस्कृति समाज
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
- ८मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
तपाईको कमेन्ट लेख्नुहोस्