Techie IT
आईतबार, माघ १३,२०८१

टोखाका मेयर अधिकारी र सांसद निरौलाको अगुवाइमा बन्ने भयो चंडेश्वरी स्वास्थ्य केन्द्र प्रादेशीक अस्पताल


 

टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र लागयतका अस्पताललाई प्रदेश स्तरको अस्पतालका रुपमा स्तरोन्नती गर्ने लागी परेका मेयर प्रकाश अधिकारी र प्रदेश सांसद दिपक निरौला अन्तत सफल भएका छन ।

प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सम्बन्धित स्थानीय तहबाट सिफारिस भई आएका पाँच अस्पतालको स्तरोन्नती गर्न लागेको हो । टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र लागयतका अस्पताललाई प्रदेश स्तरको अस्पतालका रुपमा स्तरोन्नती गर्ने भएको छ ।

बैठकले सम्बन्धित स्थानीय तहबाट सिफारिस भई आएका ५ अस्पतालहरुलाई स्तरोन्नती गर्न लागेको हो ।

प्रदेशले दोलखाको चरीकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाँउ अस्पताल, चितवनको बकुलर रत्ननगर अस्पताल र काठमाण्डौ टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगलले जानकारी दिएका छन  । हाल बागमती प्रदेशको तेह्र जिल्ला मध्ये ८ जिल्लामा मात्र प्रदेश मातहत रहेका अस्पतालहरु सञ्चालनमा रहेका छन् ।

प्रदेशभित्रका सवै जिल्लामा प्रदेश अस्पताल स्थापना गरि कोभिड–१९ लगायतका संक्रमण रोग तथा अन्य रोगहरुको सहजतापूर्वक उपचार गर्न आवश्यक देखिएको उनले जानकारी दिए  ।

प्रादेशिक अस्पताल नभएका जिल्लामा स्थानीय तहको सहमतीमा स्थानीय स्वास्थ्य संस्थालाई स्तरोन्नती गरी प्रदेश अस्पतालको रुपमा विकास गरिने सरकारले बजेटमा उल्लेख गरेको थियो ।

यसैगरी कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि टोखाका जनप्रतिनिधिहरु काठमाडौकै नमूना रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #चंडेश्वरी स्वास्थ्य केन्द्र प्रदेशीक अस्पताल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
10°
Mist
6:51 am5:40 pm +0545