टोखाका मेयर अधिकारी र सांसद निरौलाको अगुवाइमा बन्ने भयो चंडेश्वरी स्वास्थ्य केन्द्र प्रादेशीक अस्पताल
टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र लागयतका अस्पताललाई प्रदेश स्तरको अस्पतालका रुपमा स्तरोन्नती गर्ने लागी परेका मेयर प्रकाश अधिकारी र प्रदेश सांसद दिपक निरौला अन्तत सफल भएका छन ।
प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सम्बन्धित स्थानीय तहबाट सिफारिस भई आएका पाँच अस्पतालको स्तरोन्नती गर्न लागेको हो । टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र लागयतका अस्पताललाई प्रदेश स्तरको अस्पतालका रुपमा स्तरोन्नती गर्ने भएको छ ।
बैठकले सम्बन्धित स्थानीय तहबाट सिफारिस भई आएका ५ अस्पतालहरुलाई स्तरोन्नती गर्न लागेको हो ।
प्रदेशले दोलखाको चरीकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाँउ अस्पताल, चितवनको बकुलर रत्ननगर अस्पताल र काठमाण्डौ टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगलले जानकारी दिएका छन । हाल बागमती प्रदेशको तेह्र जिल्ला मध्ये ८ जिल्लामा मात्र प्रदेश मातहत रहेका अस्पतालहरु सञ्चालनमा रहेका छन् ।
प्रदेशभित्रका सवै जिल्लामा प्रदेश अस्पताल स्थापना गरि कोभिड–१९ लगायतका संक्रमण रोग तथा अन्य रोगहरुको सहजतापूर्वक उपचार गर्न आवश्यक देखिएको उनले जानकारी दिए ।
प्रादेशिक अस्पताल नभएका जिल्लामा स्थानीय तहको सहमतीमा स्थानीय स्वास्थ्य संस्थालाई स्तरोन्नती गरी प्रदेश अस्पतालको रुपमा विकास गरिने सरकारले बजेटमा उल्लेख गरेको थियो ।
यसैगरी कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि टोखाका जनप्रतिनिधिहरु काठमाडौकै नमूना रहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #चंडेश्वरी स्वास्थ्य केन्द्र प्रदेशीक अस्पताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्