Techie IT
आईतबार, माघ १३,२०८१

तारकेश्वरमा दिँउसै अवैध बालुवा तस्करी , नियमनकारी निकायको रहस्यमय मौनता


तारकेश्वर, १८ भदौ । काठमाडौमा यति बेला निषेधज्ञा छ । कोरोना महामारीका कारण अत्यावश्यक सेवा बाहेक अन्य सेवा ठप्प छ । तर तारकेश्वरमा अबैध बालुवा ढुवानी गन कुनै निषेधज्ञाको प्रभाव छैन । बिगतको बर्ष झै नगरपालिका बाट निकालीने टेण्डर प्रकृया अन्तीम चरणमा रहेको बताइएको छ । तर बिना बिल तारकेश्वरमा अवैध बालुवाको खुल्लेआम बिक्री बितरण हुँदा प्रहरी प्रशासन र नियमनकारी निकायले रहस्यमय मौनता साँधेको पाइएको छ ।

 

खोलामा विशेषगरि वर्षायाममा बालुवाको अवैध चोरी निकासी सामान्यजस्तै भइसकेको छ । यो समयमा यी खोलाका किनारमा बालुवाको रास मंसिरमा खेतमा हुने परालको कुन्युहरुजस्तै गरि फिजिएको छ । त्यो सबै बालुवा अवैध उत्खनन् भएको थाहा पाएर पनि न त प्रहरी प्रशासनले नियन्त्रण गर्न सकेको छ न त स्थानीय सरकारले नै ।

 

प्रहरी लखेटोको जस्तो गर्छ अनि पछि फेरी साँठगाठ मिलिहान्छ नाम नबताउने शर्तमा स्थानिय एक युवाले अवैध बालुवा उत्खनन् भएको थाहा पाएर पनि प्रहरी र स्थानीय सरकारले बेवास्ता गरेको अनुभव सुनाए ।

निषेधज्ञा छ तर तारकेश्वर काभ्रेस्थलीमा दिउँसै लाइन लगाएर बालुवाका गाडी हिडेका छन , ति गाँडी संग कुनै बिल भर्पाई पनि छैन । बालुवाको गाडी हिड्ने समयमा प्रहरी वरीपरिनै आउदैन ।
यसरी तस्करी भएको बालुवा प्रति टिप पाँच हजार देखी दश हजार सम्म बिना बिला बिक्री भैइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा दिँउसै अवैध बालुवा ढुवानी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Haze
6:51 am5:40 pm +0545