बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयद्वारा ५१ प्रहरीको काज सरुवा
"डेढ महिनादेखी तलब पाएनन्"
चितवन । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको संख्यामा उल्लेखनीय बृद्वि हुँदै गएको छ । यस्मा प्रहरी समेत अछुतो हुन सकेको छैनन् ।
नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतका अनुसार आज (बिहिबार) सम्म एक हजार एक सय एक्चालीस जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्य आठ सय तेह्र जना प्रहरी निको भएर घर फर्किएका छन् भने, अन्य उपचारत अवस्थामा रहेका छन् ।
५१ जना ट्राफिक प्रहरीको काज सरुवा ।
यसैबीच, बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले आज बिहीबार ५१ जना ट्राफिक प्रहरीको काज सरुवा गरेको छ । ती मध्य सबैभन्दा बढी चितवनका रहेका छन् । चितवनका मात्रै एक प्रहरी नायब निरिक्षक सहित १९ जना प्रहरीको काज सरुवा गरिएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख (एसपी) शान्तिराज कोइरालाद्वारा हस्ताक्षरीत सुचीमा भनिएको छ – लामो समयदेखी एउटै जिल्लामा खटिएका प्रहरी कर्मचारीलाई आवश्यकता अनुसार अदली बदली गर्नुपर्ने देखिएकोले सरुवा गरिएको छ ।
यद्यपी, त्यहाँँ काज अवधीको समयसिमा भने उल्लेख गरिएको छैन । काज सरुवा गर्दै प्रदेश ट्राफिक प्रहरी कार्यालयले अविलम्ब रवाना गरी जाहेर गर्न समेत सबै जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयले विभिन्न १० जिल्लाका एक प्रहरी नायब निरीक्षक सहित ५१ जना ट्राफिक प्रहरीको बिहिबार काज सरुवा गरेको थियो ।
सरुवा भएका प्रहरीलाई लिन गाडी आउँछ – प्रवक्ता ।
आज बिहिबार भएको सरुवालाई लिएर हामीले निषेधाज्ञाका बाबजुद प्रहरी कर्मचारीहरुलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्दा कसरी कार्यक्षेत्रमा जान्छन् भनी नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतसँग जवाफ मागेका थियौं । जवाफमा उनले सम्बन्धित प्रहरी कर्मचारीलाई सरुवा भएको स्थानमा लिन प्रहरीकै गाडी आउने बताए ।
उनले चाहें त्यो प्रहरी जवान होस् या प्रहरी उपरीक्षक नै । यो महामारीमा कर्मचारीलाई लिन सम्बन्धी जिल्लाबाटै गाडी आउने र काज सरुवा गर्दा वा अह्राएको ठाउँमा पठाउँदा प्रहरी सचेत रहेको उनले ‘साझापाना अनलाइन’लाई बताए ।
कोभिड -१९ संक्रमणलाई मध्ययनजर गर्दै हामीले अहिलेलाई जो जहाँ आउन र जान खोजिएको छ सम्बन्धी क्षेत्रबाट नै सवारी चालक सहित गाडी ल्याउने ब्यवस्था गरेका छौं । निषेधाज्ञा समेतलाई मध्ययनजर गरेर हामीले सवारी चालकमा कोरोना भए/नभएको परीक्षण गरेर मात्रै जहाँबाट जो आउनुपर्ने हो त्यहीं लिन जाने गरेर तयारी अवस्थामा राखेको उनले बताए ।
काज सरुवा अपरिपक्व : प्रहरी ।
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले आज निकालेको सरुवा सुची अपरिपक्व भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय स्रोतले जनाएको छ । कोरोना महामारीको बेला काज सरुवा गर्दा प्रहरीमा कोरोनाको खतरा हुने प्रहरीको भनाई छ ।
अहिले प्रहरीमा कोरोना संक्रमण देखिने क्रम जारी छ, ती प्रहरी भन्छन् : एकैपटक ५१ जना प्रहरी कर्मचारीको काज सरुवा गर्नु भनेकै प्रहरीमा कोरोना भित्र्याउनु हो । उनले भने, विभिन्न जिल्लामा यस्तो प्रबृती देखापर्दै गए पनि प्रदेशले हत्तारमा निर्णय गर्दा प्रहरीमा कोरोनाको त्रास फैलिनेमा कुनै शंका छैनन् ।
प्रहरीमा हाकिम आएपछि चर्चा कमाउनकै लागी लामो समयदेखी कार्यारर्त प्रहरी कर्मचारीलाई दरबन्दीमा पठाउने, काज गर्ने कुरा कुनै नौलो नभएको भन्दै उनले प्रदेश ट्राफिकले बिहिबार निकालेको काज सरुवा औचित्यहिन भएको समेत जिकिर गरे ।
दरबन्दीमा जान्छु भन्दा जान दिएनन् – प्रहरी ।
बिभागमा प्रहरी संगठनले तोकेको र अह्राएको ठाउँमा अधिकांश प्रहरी कर्मचारी जान मान्दैनन् । उनीहरु एकछत्र राज गर्न खोज्छ्न् तर, आज बिहिबार प्रदेश ट्राफिकले निकालेको सरुवापछि केही प्रहरीले आफू दरबन्दीमा जान इच्छुक रहेको बताए पनि जान नदिएको गुनासो गरें ।
आज सरुवा निकालिएको थियो, एक प्रहरी जवान भन्छन् : म आफ्नु दरवन्दीमा जान्छु भन्दा हुन्न काजमा खटाएकै ठाउँमा जानुपर्छ भन्यो । उनले भने, आफ्नु दरबन्दीमा जान्छु भन्दा पनि हुन्न भनेर हस्तक्षप गर्न मिल्छ ? ती पिडित भन्छन् : प्रदेश ट्राफिक प्रहरी कार्यालयको यो मनोमानी भयो ।
डेढ महिनादेखी तलब पाएका छैनौं ।
कोरोना भाइरस (कोभिड – १९) को संक्रमण रोकथाम र नियन्त्रणमा सुरक्षा व्यवस्था मिलाउनेदेखि सरकारले जारी गरेको लकडाउन कार्यान्वयन गराउन समेत प्रहरी उत्तिकै अगाडी छ ।
कोरोना नियन्त्रणका लागी सरकारले जारी गरेको लकडाउन उल्लंंघन भए/नभएको हेर्न र व्यवस्थित गर्न सुरक्षाकर्मीहरु बिहान झिसमिसे हुँदा देखी राती अवेरसम्म सडकमा तैनाथ हुन्छन् ।
आफ्नो साविक ज़िम्मेवारी वहन गर्नुको अलावा दिनरात संक्रमण फैलन नदिन जनचेतना फैलाउने देखी लकडाउन कार्यान्वयन गराउनसम्म उनीहरु डटेर अघि बढेको छ । घर परिवार देखी टाढा भएर बिदा समेत नभनी कोरोना नियन्त्रणमा ओहोरात्र खटिदै आएका प्रहरी कर्मचारीले नै गएको डेढ महिनादेखी तलब नै पाएका छैन ।
उनीहरुले गत साउन १ गतेदेखी तलब नै पाएका छैनन् । चितवनका एक ट्राफिक प्रहरी भन्छन् : कोरोना महामारीमा खटिएको प्रहरीलाई मनोबल बढाउन सरकारले भत्ता दिने निर्णय गर्यो । पछि त्यो भत्ता पनि कहाँ गयो, अझै अत्तोपत्तो छैनन् । भत्ता दिएनन् दिएनन् अब त पाउनुपर्ने तलब समेत भगवान भरोसा छ ।
त्यस्तै, अर्का प्रहरी जवानको गुनासो पनि उस्तै छ : महिना मरे पछि सरकारले पहिले कहिले पैसा हाल्दिने गरेको भए पनि अहिले बितेको डेढ महिना भयो, तलब पाएका छैनौं, भत्ताको त के कुरा ?
टन्टलापुर घाम त्यहींमाथि एउटा सिठ्ठी फुँक्दै लकडाउन कार्यान्वयन गराउन खटिएका उनीहरुसंँग न पानी छ, न खाजा नै, न हातमा पञ्जा छ, न पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री नै, शौच लाग्यो कहाँ जाने ? यस्ता अनगिन्ती समस्याहरु छन् उनीहरुसंँग ।
त्यस्ता कयौं बाबजुदका बीच ओहोरात्र खटिएका छन् । यसरी सडकमा खटिएका उनीहरुसँग न खाने समय छ, न सुत्ने नै । चोकचोक र गल्लीगल्लीमा सुरक्षाकर्मीको खटाइ हेर्ने हो भने, दयनीय छ । तर, उनीहरुले नै डेढ महिना देखी तलब नपाउनु भनेको दुखद रहेको सरोकारवालाहरुको भनाई छ ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : ##चितवन #ट्राफिक #सरुवा
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्