नुवाकोटमा सवारी साधनमा जोरबिजोर लागू
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालन हुने निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । केन्द्रको मङ्गलबार बसेको बैठकले गए राति १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि निजी सवारीसाधन सञ्चालन गर्दा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
बैठकले सार्वजनिक सवारी साधन सञ्चालन, धार्मिक कार्यक्रम सञ्चालन, शैक्षिक संस्था सञ्चालन, खेलकुद गतिविधि सञ्चालनलगायतका भीडभाड हुने कार्यलाई रोक लगाउने विगतको निर्णयलाई निरन्तरता दिएको छ ।
शिवपुरी गाउँपालिमा भदौ ११ गतेदेखि एक साताको लागि लागू गरिएको निषेधाज्ञालाई पुनः एक साता थप गरिएको र नुवाकोट प्रवेश गर्ने ककनी नाकाको ककनी गापा वडा नं १ र २, धादिङबाट नुवाकोट प्रवेश गर्ने नाका भएको बेलकोटगढी नपा वडा नं २ र ५ मा भने भदौ २३ गतेसम्म निषेधाज्ञा कायमै राखिएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिनुभयो । बैठकले जिल्लामा रहेको कलकारखाना स्थानीय जनशक्ति प्रयोग गरी, भौतिक दूरी कायम गरी, स्वास्थ्य मापदण्ड पूरा गरेर कामदारलाई बाहिरको व्यक्तिसँग सम्पर्क हुन नदिई खाना र बासको छुट्टै व्यवस्था गरी सञ्चालन गर्न सकिने निर्णय गरेको छ ।
बैठकले जिल्ला प्रवेश गर्ने सबै नाकामा कडाइ गर्ने, एम्बुलेन्स, शवबाहन, तरकारी, कुखुरा र चल्ला बोक्ने गाडीबाहेक निजी सवारी साधन मोटरसाइकलसमेत प्रवेश गर्न नदिने र पैदल पनि प्रवेश गर्न पूर्ण रोक लगाउने निर्णय गरेको छ । जिल्लामा हालसम्म ८९ सङ्क्रमित भएकामा ७१ जना निको भई घर फर्किसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोटमा सवारी साधनमा जोरबिजोर लागू
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्