Techie IT
आईतबार, जेठ ६,२०८१

रत्ननगरमा एक पुरुषको झुन्डिएको अवस्थामा शव फेला


चितवन । पूर्वीचितवनको रत्ननगरमा एक पुरुषको झुन्डिएको अवस्थामा शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार नाम, थर खुल्न नसकेका माडी घर भई रत्ननगर नगरपालिका ४ भोकाहा बस्दै आएका अन्दाजी बर्ष २५/२६ का एक पुरुषको झुन्डिएको अवस्थामा शव फेला परेको हो । ती पुरुष माडीका कामदार रहेको खुलेको छ ।

प्रहरी प्रमुख रविन कार्कीका अनुसार रत्ननगरको टाँडी चोकमा निर्माणाधीन अवस्थामा रहेको आकाशेपुलमा नरिवलको डोरीले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा शव देखेपछि बिहान अन्दाजी ४:३० बजेको समयमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको खबर पाएलगत्तै घट्नास्थल पुगेका प्रहरीको टोलीले उनको मृत्यु अन्दाजी साँढे एकदेखी साँढे दुई वजेको बिचमा हुन सक्ने आँकलन गरेको छ । अहिले प्रहरीले मुचुल्का उठाई शवलाई पोस्टमार्टमका लागी भरतपुर अस्पताल लगेको र त्यहा बाट रिपोर्ट प्राप्त भए पश्चात् घट्नाबारे थप खुल्ने उनले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको कर्तब्य ज्यान नभई आफैं झुन्डिएको हुन सक्ने बताइएको छ । यता, स्थानीयले भने – ती युवाको घाँटीमा नरिवलको डोरी देखिएको तर, घुँडाले भुईंमा टेकेको अवस्थामा शव रहेकाले आत्महत्या नभई हत्या हुनसक्ने  आशंका गरेका छन् । यद्यपी, प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #चितवन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
21°
Mist
5:12 am6:48 pm +0545