बर्दिवासको कलाकारको नि:शुल्क कोरोना बिमा
जीवनराज दाहाल (बर्दिवास, महोत्तरी )
कोरोना भाइरस ( COVID- 19) को महामारीको समयमा सबैले आफू र आफ्नो परिवार र उनीहरूको स्वास्थ तथा स्वार्थ मात्रै हेरेको पाइन्छ । प्रायः जसो सामाजिक सङ्घसस्थाहरू पनि मौन देखिन्छन् । यस्तो विषम परिस्थितिमा पनि युवा अभियान नेपाल, बर्दिबासका युवाहरू भने आफ्नो सामाजिक उपस्थिति बाक्लै देखाइ रहेका छन् । लकडाउन सङ्गै कोरोनाको त्रास बढेपछि यसबाट बच्ने उपायको अडियो भिडियो सामाजिक सन्जाल मार्फत सार्वजनिक गर्दै सामाजिक उत्तरदायित्व बहन गरेको देखिन्छ। हाल बर्दिबासका समसामयिक काममा दत्तचित्त भई खट्दै गर्नु भएका सस्थाका अध्यक्ष श्री विष्णु कुमार बम्जन ज्युले सदैव सामाजिक कार्यमा लागि रहने जानकारी दिनु भयो। संस्थामा आबद्ध सदस्य तथा कलाकारहरूको संस्थाप्रतिको माया, सद्भाव, संस्थालाई गर्नु भएको अमूल्य योगदानको उच्च कदर गर्दै आफ्ना सदस्य र कलाकारहरूको जीवन सहजीकरण र यो कोरोनाको कहरमा पनि पूर्ण आत्मविश्वासका साथ काम गर्न सकियोस् भनेर सबै २६ जनाको कोरोना बिमा रु. १००००० ( अक्षेरूपी एकलाख ) को लाग्ने शुल्क संस्थाका अध्यक्ष ज्युले नै तिरी सदस्यहरू सबलाई नि: शुल्क रूपमा सिद्धार्थ लाइफ इन्स्योरेन्स प्रा. लि. बाट बिमा गराइएको छ। यसबाट आगामी दिनमा संस्थाका काममा अपनत्वको भावले सबैले काम गर्ने र अन्य संघ संस्थाका लागि पनि उदाहरण पेश गरेकामा संस्थाकै उपाध्यक्ष श्री फडिन्द्र राज भट्टराईले खुसी ब्यक्त गर्नु भयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्