कोरोना संक्रमण बढ्दै गएकोमा पूर्व राज्यमन्त्री खड्काद्वारा चिन्ता ब्यक्त (बिज्ञप्ति सहित)
खाँदबारी स्थीत जिल्ला अस्पताललाई एक पिसीआर मेशीन सहीत कोरोना उपचार गर्न सक्षम अस्पताल बनाउन पुर्व राज्य मन्त्री खड्काको माग ।
आफ्नो गृह जिल्ला संखुवासभामा पनि कोभिड–१९ को संक्रमणदर दिनानुदिन फैलँदै गएकोमा पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य दिपक खड्काले चिन्ता ब्यक्त गर्नुभएको छ । पूर्व राज्यमन्त्री खड्काले यो विश्वव्यापी महामारीको सामना हामी एकजुट भएर नगरेमा आगामी दिनमा यो महामारी नियन्त्रण बाहिर गर्ई भयाभह परिस्थिती निर्माण हुने निश्चित भएकोले यस्तो गम्भीर मानवीय संकटको बेलामा सामाजिक एकता र सहकार्य गनुपर्ने बताउनुभयो ।
आज राजधानीमा एक प्रेस बिज्ञप्ती जारी गर्नु हुँदै पुर्व राज्य मन्त्री खड्काले खाँदबारी स्थीत जिल्ला अस्पताललाई एक पिसीआर मेशीन सहीत कोरोना उपचार गर्न सक्षम अस्पताल बनाउँनु पर्ने माग गर्नु भयो । त्यसैगरी जिल्लाभर एक घर एक पिसिआर परिक्षणको कार्यक्रम तत्काल ल्याउँन जोडदार माग गर्दछु भन्दै नेपाल सरकार तथा स्थानीय प्रशासन समेतको ध्यानाकर्षण गराउँनु भएको छ ।
बिज्ञप्तिको पूर्णपाठ
प्रेस विज्ञप्ती
मुुलुकमा कोभिड–१९ को संक्रमणदर दिनानुदिन फैलँदै गएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो विश्वव्यापी महामारीको सामना हामी एकजुट भएर नगरेमा आगामी दिनमा यो महामारी नियन्त्रण बाहिर गर्ई भयाभह परिस्थिती निर्माण हुने निश्चित छ । यस्तो गम्भीर मानवीय संकटको बेलामा सामाजिक एकता र सहकार्य गनुपर्ने हुन्छ । तर हामी यस्तो परिस्थितीमा समेत पक्ष–प्रतिपक्षको रुपमा व्यबहार गर्ने र प्रतिशोधात्मक भावले प्रेरित भएर कार्य गर्ने गरिरहेका छौँ । यस्तो बिषम परिस्थीतीमा समेत गरिएको यस प्रकारको कार्य आफैमा घृणित तथा निन्दनीय कार्य हो भन्ने मलाई लाग्दछ ।
मेरो गृह जिल्ला संखुवासभामा समेत कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गइरहेको देख्दा म निक्कै नै गम्भीर र चिन्तित भएको छु । केहि समय अगाडी तीनजना संक्रमित साथीहरुलाई क्वारेन्टिनमा राख्ने नाममा खोला किनारमा अव्यबस्थित ढंगले राखियो । त्यसप्रति मैले तत्काल सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएँ र अबिलम्ब व्यबस्थित क्वारेन्टिन निर्माण गर्न आग्रह गरेँ । मैले सचेत गराउँदै भनेको थिए कोरोना संक्रमण समुदाय स्तरमा फैलियो र कसैको मृत्यु भयो भने जवाफदेहीता कस्ले लिने ? तसर्थ बेलैमा सरकार तथा स्थानीय प्रशासनले व्यबस्थित क्वारेन्टिन तथा उचित उपचारको ब्यबस्था गर्नुप¥यो भनी बारम्बार ध्यानाकर्षण गराइरहे तर क्वारेन्टिन निर्माण गर्नुको सट्टा संक्रमीत लाई कलेजमा क्वारेन्टिन भनि राखियो ।
स्मरण रहोस् सरकारले स्कूल कलेज लगायतका शैक्षिक संस्थाहरुमा क्वारेन्टिन राख्न नपाउने गरी निर्देशन जारी गरीसकेको छ । यस्तो अवस्थामा कलेजलाई क्वारेन्टिन बनाएकोमा बिरोध र जनदवाव हुनु स्वभाविक थियो र भयो । यसै सन्दर्भलाई लिएर आवेग र प्रतिशोधका कुरुप खेल खेल्ने क्रममा भए गरेका र गराइएका क्रियाकलापहरु जिल्लाभित्र मात्र हैन मुलुकभर दुर्गन्धित भएर फैलिएको छ । तसर्थ यस बिषयमा गम्भिर र संयमित बन्न म सम्बन्धित सबै पक्ष समक्ष आग्रह गर्दछु ।
हाल कोरोना संक्रमण समुदाय स्तरमा फैलँदै गएको अवस्था छ । थुनामा राखिएका व्यक्तिमा समेत संक्रमण देखिसकेको छ । अतः निशेधाज्ञाले मात्र समस्याको समाधान हुने देखिदैन । तसर्थ मेरा जिल्लाबासी आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरु लाई यस महामारी प्रति सचेत रहन र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा नेपाल सरकारद्धारा जारी गरिएका स्वास्थ्य सर्तकताप्रति गम्भीर भएर यसको परिपालना गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।
साथै नेपाल सरकार तथा स्थानीय प्रशासन लाई तत्काल जिल्लाभर स्वास्थ्य सामाग्रीहरुको पर्याप्त व्यबस्था गर्न , गुणस्तरीय क्वारेन्टिनहरु निर्माण गर्न , जिल्ला अस्पताल लाई पिसिआर मेशिन तथा भेन्टिलेटर उपलब्ध गराई कोरोना उपचार गर्न सक्ने सक्षम बनाउन, अग्र भागमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलको स्वास्थ्य सुरक्षाको समुचित व्यवस्था गर्न र जिल्लाभर एक घर एक पिसिआर परिक्षणको व्यवस्था तत्काल लागु गर्न जोड्दार माग गर्दछु ।
जय नेपाल !
दिपक खड्का
पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य नेपाली काँग्रेस संखुवासभा
क्याटेगोरी : विशेष, समाचार
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
- ८मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
तपाईको कमेन्ट लेख्नुहोस्