Techie IT
मंगलबार, वैशाख ९,२०८२

साङ्लाको प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन भवन बनाउने निर्णय


तारकेश्वर नगरपालिकाले साङ्लाको प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन भवन बनाउने निर्णय गरेसँगै त्यहाँ सञ्चालन भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र र बर्थिङ् सेन्टरलाई सारिने भएको छ ।

साङ्ला बर्थिंग सेन्टरबाट भइरहेका कामहरु वडा नं १ को समन्वयमा निरन्तरता दिनेगरि स्थानान्तरण गरिएको हो । तारकेश्वर नगरपालिकामा मात्र ७७ जना कोरोना संक्रमित भइसकेका बेला नगरपालिकालाई आइसोलेसन सञ्चालन गर्न दबाब बढेका बेला साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रको भवनलाई खाली गर्न लागिएको हो । नगरभित्र ४६ जना कोरोना संक्रमित होम आइसोलेसनगा बसेका बेला तत्काल नगरले आइसोलेसन व्यवस्थापन नगरे संक्रमण समूदायस्तरमा थप फैलने जोखिम देखिएको छ ।

आइसोलेसनमा राखिएका कोरोना संक्रमितबाट त्यहाँ दैनिक आउने बिरामीहरुमा संक्रमण फैलनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्राथमिक स्वास्थ्य केन्द्रलाई वडा नं १ सँगै रहेको साङ्ला बालकुमारी स्कूलमा सार्ने गरि पत्राचार गरिएको तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले  जानकारी दिए । तत्कालिन व्यवस्थापनका लागि बर्थिङ् सेन्टरलाई स्कूलमा सार्न लागिएको हो । त्यहाँ केही विवाद आएपनि हामीले व्यवस्थापन गरिसकेका छौं । मेयर बोहोराले भने ।

 


क्याटेगोरी : समाचार
ट्याग : #साङ्लाको प्राथमिक स्वास्थ्य केन्द्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545